logo
  • शुक्रबार, असोज ९ २०८३

रायमाझी परिवारको “ चर्तीकला नक्कले ” म्युजिक भिडियो सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

पशुपति श्रेष्ठ, अर्घाखाँची साउन १९।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ७ मडेल्चौलमा जन्मिएका एकै परिवारका ३ जना विशाल ,हरिमाया र एलिना रायमाझीले नक्कले भिनाजु भाग २ चर्तीकला नक्कले कमेडी तिज गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।गत वर्षको तिजमा नक्कले भिनाजुको अपार सफलता पछि यसपाली पनि नक्कले भिनाजु भाग २चर्तीकला नक्कले बजारमा ल्याएका रायमाझी परिवारले यसपाली पनि राम्रो बजार पाउने भिडियोले देखाएको छ भने अहिले सम्म २ लाखा भन्दा बढी दर्शक श्रोताहरुले हेरि सकेका छन ।गोर्खा चौतारी म्युजिक प्रालीले बजार व्यवस्थापन गरेको गितमा हरिमाया रायमाझीको शब्द र स्वर रहेको छ भने उनका भाई बिशाल रायमाझी र बिष्णु ठडराईले साथ दिएका छन ।छोटो समय मै दर्जनौं भिडियोमा मोड्लिङ गरि एका एक चर्चित बनेकी रायमाझी परिवारकै एलिना रायमाझी र नायक जय किशन बस्नेतले डेब्यु गरि अभिनित रहेको म्युजिक भिडियोले राम्रो चर्चा बटुल्ने आकलन गरिएको छ भिडियोमा शिवम पोख्रेलको निर्देशन अजय रेग्मीको छायांकन र अभिनायक मान सेरचनले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend