logo
  • शनिबार, असोज १० २०८३

कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त, आजै सपथ लिने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं, साउन १८ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भानुभक्त ढकाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई कानुन मन्त्रीमा नियुक्त गरेका हुन् ।

बंगलादेशमा अध्ययनरत छात्राबारे विवादित अभिव्यक्ति दिएका कारण कानुनमन्त्री शेरबहादुर तामाङले गत साउन ८ गते पदबाट राजीनामा दिएका थिए।

उनको ठाउँमा नेकपाले तत्कालिन एमालेका प्रमुख सचेतक ढकाललाई पठाउने निर्णय गपछि पार्टीको निर्णयअनुसार प्रधानमन्त्री ओलीले शुक्रबार ढकाललाई कानुन मन्त्रीमा नियुक्त गरेका हुन्। ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

ढकाललाई आजै सपथ गराउने तयारी भइरहेको छ। ढकालसँगै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको सपथ लिनेछिन्। त्यस्तै स्वास्थ्य राज्यमन्त्रीमा फोरमका सुरेन्द्र यादवले सपथ लिनेछन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend