साझा नेटवर्क
अनिल खत्री , गुल्मी साउन १८।
गुल्मी दरवार गाउँपालिकाले कार्यालयको सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई निगरानी गर्न कार्यालय परिसरमा सि.सि. क्यामरा जडान गरेको छ ।
कार्यालय परिसरमा फ्रि. वाईफाईको व्यवस्था सँगै सबै वडाहरुमा ईन्टरनेट जडान भएको गाउँपालिका सुचना अधिकारी सुरेश खनालले बताए। गाउँपालिकाले सञ्चालन गर्ने योजनाहरुलाई सफ्टवेयर मार्फत कार्यन्वयन गर्ने गरी सफ्टवेयर जडान भएको खनालको भनाई छ ।
यस आ.ब. देखि उक्त सफ्टवेयर कार्यान्वयनमा आई योजना सम्झौता कार्यन्वयन र भुक्तानी प्रकृया सरल हुने विश्वास लिईएको उनको भनाई छ । गाउँपालिकाले प्रयोग गर्ने सवारी साधन इन्धन खर्च तथा मर्मत सम्बन्धी कार्यलाई व्यवस्थीत गरी मितव्ययीता अपनाउन कार्य्विधि बनाई कार्यन्वयन गरिएको जनाएको छ । हाल गाउँपालिकामा स्थायी, अस्थायी, ज्यालादारी सहित जम्मा ४६ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
कार्यालयको आन्तरिक संगठन संरचना अनुसारका दरबन्दी पूर्ति हुन बाँकी रहेका छन् भने गाउँपालिकाको दरबन्दी र संगठन संरचना तयार गरी स्वीकृतिको लागि मन्त्रालयमा पठाईएको अध्यक्ष थापाले बताए । गत आ.ब. मा रु. १० लाख आन्तरीक आम्दानी प्रक्षेपण गरएकोमा रु. १३ लाख ४४ हजार ६ सय ९२ रुपैंया आय भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले गत आ.ब.मा सभाद्वारा स्वीकृत जम्मा ४सय ४४ योजनाहरु मध्ये ४सय १० वटा योजनाहरु कार्यन्वयन भएको कार्यकारी अधिकृत शर्माको भनाई छ । कार्यक्रमहरुमा जम्मा ९२ दशमलव ४ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ । अधिकाशं योजनाहरु उपभोक्ता समिति मार्फत कार्यन्वयन भएको अध्यक्ष थापाले जानकारी दिए ।
जसमध्ये सडक निर्माण र मर्मत, खानेपानी व्यवस्थापन, तर्फ प्रमुख पूर्वाधारका योजनाहरु रहेका छन् । सामाजिक विकास तर्फ दलित, जनजाति, महिला, अपाङ्ग, बृद्ध(बृद्धाहरुमा केन्द्रित कार्यक्रमहरु सञ्चालन गरिएको सुचना अधिकारी खनलले बताए ।
गाउँपालिका भित्रका ४० वटा विधालयहरुको स्थलगत अध्ययन गरी जनसंख्या, भौगोलिक अवस्था, दूरी एवं विधार्थी संख्या समेतलाई आधार मानी ३ वटा विधालयहरुको शिशु कक्षा बाहेकका कक्षाहरु अन्य नजिक पायक पर्ने विधालयहरुमा गाभिएको जनाएको छ । बढी भएका १४ जना शिक्षकहरुलाई शिक्षक कम भएका विधालयहरुमा दरबन्दी मिलान गरीएको बताइएको छ ।
चालु आ.ब.मा १२ जना शिक्षक थप गरी दरबन्दी कम भएका विधालयहरुमा खटाई गाउँपालिकाले तलब दिने गरि बजेट व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । विधालयमा लामो समय अध्यापन गर्ने शिक्षकहरुलाई ससम्मान अवकाशमा पठाई नयाँ र उर्जाशिल शिक्षकहरुलाई भर्ना गर्न शिक्षक स्वेच्छीक अवकाशको निमित्त २ महिनाको तलब बराबरको रकम प्रदान गरी नयाँ शिक्षक भर्नाको व्यवस्था गर्ने कार्यक्रम राखिएको कार्यकारी अधिकृत शर्माले बताए ।
गत आर्थिक वर्षमा गाउँपालिकाले आधारभूत स्वास्थ्य प्रवर्द्धन गर्न आवश्यक पर्ने सम्पूर्ण औषधी निशुल्क वितरण गरिएको जनाएको छ । स्वास्थ्य कार्यक्रम अन्र्तगत सुत्केरी र गर्भवतिहरुलाई पोषण सम्बन्धी सचेतना अभिवृद्धि गर्न पोषण सप्ताह मनाई पोषण वितरण गरिएको थियो । बृद्धहरुको आर्थिक र शारिरिक अवस्थालाई मध्यनजर गरी सबै वडाहरुमा निशुल्क स्वस्थ्य शिविर आयोजना गरिएको अध्यक्ष थापाले बताए ।
कृषक तालिम, विउ विजन वितरण, टनेल खरिद र वितरण, हाते ट्रयाक्टर वितरण जस्ता कार्यक्रम कार्यान्वयन गरिएको अध्यक्ष थापाले बताए । पशुपालन तर्फ घाँसको बिउ वितरण, व्यवशायीक पशु पंक्षि तालिम जस्ता कार्यक्रम संचालन गरिएको उनले बताए ।
गाउँपालिकाले आगामी आर्थिक बर्षको गाउँपालिकाको कुल आम्दानी तथा खर्च यस प्रकार अनुमान गरिएको जनाएको छ ।
समानीकरण १३ करोड ९३ लाख ८९ हजार आय रकम रहेको छ । त्यस्तै सशर्त १३ हरोड रहेको छ । आन्तरीक आम्दानी रु.२० लाख अनुमानित रकम रहेको छ । गत आ.ब.को मौज्दात (अल्या )१करोड ७५लाख रहेको छ । अम्दानी तर्फ कुल जम्मा रु.२८करोड ८८लाख ८९ हजार रहेको छ ।
व्यय तर्फ पूँजिगत चालु५ करोड ५२ लाख ५३ हजार रहेको छ । सशर्त १३ करोड रकम रहेको छ । जसमध्ये कुल रकम २८ करोड ८८ लाख ८९ हजार व्यय रकम अनुमान गरिएको छ ।
आगामी वर्षको लागि सूचना प्रविधि मैत्री गाउँपालिका निर्माण गर्न आय व्यय योजना लगायतमा सफ्टवेयर जडान गर्ने र आगामी ५ बर्ष भित्र कागज रहित कार्यालय निर्माण गर्न आवश्यक पूर्वाधार तयार गर्दै लैजान रकम विनयोजन गरिएको सुचना अधिकारी अनालले बताए । गाउँपालिकाको व्यवस्थित विकास गर्न गुरुयोजना तयार गर्ने र आगामी आ.ब. देखि कार्यान्वयन गरिने जनाएको छ ।
गाउँपालिकाका हरेक गतिविधिहरु बेभसाईटमा अपडेट गरी सार्वजनीककरणको व्यवस्था मिलाईने अध्यक्ष थापाले भनाई छ । गाउँपालिका अन्तर्गतका सबै सरकारी निकायहरुमा डिजीटल हाजिरीको व्यवस्था गर्न रकम विनियोजना गरिएको जनाएको छ । आन्तरीक आयको सम्भाव्यता अध्ययन गरिने र सम्पत्ती कर कार्यन्वयन गरिने गाउँपालिकाले जनाएको छ ।
योजनाको कार्यान्वयनलाई प्रभावकारी बनाई समयमै कार्य सम्पन्न गर्न खरिद योजना तर्जुमा गरिएको जनाएको छ । आगामी आर्थिक बर्ष देखि साना र टुक्रे योजनाहरुलाई निरुत्साहीत गरी देखिने र प्रभावकारी योजना तर्जुमा गर्न विकासका विभिन्न क्षेत्रहरुको विस्तृत अध्ययन गरी बजेट विनियोजन गर्न योजनाहरुको विस्तृत अध्ययन र सर्वेक्षण गरिने कार्यकारी अधिकृत शर्माले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend