logo
  • आइतबार, असोज ११ २०८३

भीमसेनगोलामा ज्ञान महायज्ञ शिवपुराण सुरु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

image description

सुर्य चन्द, काठमाडौँ साउन १६।
विश्व हिन्दु सिद्दकाली एकता नेपाल र लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठको संयुक्त सहकार्यमा भीमसेनगोला पुरानो बानेश्वर भत्केको पुल नजिक श्रावन १७ गते देखि श्रावन २८ सम्म ज्ञान महायज्ञ शिबपुराण सुरु हुने भएको छ ।

राष्ट्र शान्ति र सदभाबले मानब समाजलाई सरल र सस्कारयुक्त बनाउन सहयोग गर्दछ भन्ने उदेश्य लिएर आचार्य श्री सिताराम तिम्सिना गुरुज्युको मुखराबिन्द बाट ज्ञान महायज्ञ शिबपुराण यहि श्रावन १७ गते देखि श्रावन २८ सम्म आयोजना हुने भएकोले सम्पूर्ण धर्म अनुरागी भक्तजनहरुमा गरिमामय उपस्थितिको लागि मूल आयोजक कमिटिका जनक नेपालज्युले हार्दिक अपिल गर्नुभएको छ ।

बैद्दिक सनातन धर्म सस्कृतिको संरक्षण प्रकृति र सम्पूर्ण जीव जिबात्माको शान्ति र कल्याणको कामना सहित विश्व हिन्दु सिद्दकाली एकता नेपालले राष्ट्रमा रहेका विभिन्न अंगहरुको संरक्षण र सम्बर्धनका क्षेत्रमा रहेर विभिन्न ठाउमा विभिन्न किसिमका धार्मिक शैक्षिक कार्यक्रम गर्दै आएको छ ।

त्यसै शिलशिलामा आत्मानिर्भर हुन नभई नहुने शैक्षिक अंग आजभोलि ठुलो बिकृति र विसंगतिको चपेटामा परिरहेको कुरा मुल्यांकन गर्दै यस विश्व हिन्दु सिद्दकाली एकता नेपालले असक्त असाहय, गरिब निमुखा र पिछडिएका बालबालिका हरुलाई सरल एबम सुलभ ढंगले विभिन्न ठाउमा गई शिक्षा प्रदान गर्दै गईरहेको छ ।

धेरै बालबालिकाहरु अझै पनि शिक्षाको ज्योति बाट बन्चित हुनु परेको अबस्थामा त्यस्ता बालबालिकाहरुलाई सरल र सहज तरिकाले शिक्षाको पहुच पुर्याउनका निमित्त लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठको संयुक्त सहकार्यमा ११ दिवसीय संगीतमय ज्ञान महायज्ञ शिबपुराण आयोजना भएको हुदा धार्मिक कार्यमा तथा सामाजिक कार्यमा संलग्न भई पुण्य कमाउन मूल समारोह समितिका रुपेश्मान शाक्यज्युले सम्पूर्ण भक्तजनहरुलाई आव्हान गर्नु भएको छ ।

साथमा ज्यो. पण्डित सोम प्रशाद नेपाल भोजपुरे शम्भु गुरुज्युको प्रबचन समेत हुनेभएको छ । बिहान ११ बजे देखि २ बजे सम्म र साझ ७ बजे देखि ९ बजेसम्म हुने कार्यक्रम पुरानो बानेश्वर भीमसेनगोला (भत्केको पुल) साउन १७ गते देखि साउन २८ गते सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend