logo
  • आइतबार, असोज ११ २०८३

बेचिन लागेका ३९ नेपाली युवतीको उद्धार


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

दिल्ली, साउन १७ ।
दिल्ली महिला आयोग (डिसीडब्लु) ले ३९ जना नेपाली महिलालाई एक होटलबाट मङ्गलबार राति उद्धार गरेको छ । नेपालबाट त्यहाँ पुराइएका ती महिलालाई दिल्लीको पहाडगञ्ज क्षेत्रमा रहेको एक होटेलमा राखिएको थियो । डिसीडब्लूका प्रमुख स्वाती मालीवालका अनुसार ती महिलालाई पहिले दिल्ली ल्याइएको र त्यहाँबाट उनीहरुलाई जागीर दिलाउने वाचा गर्दै अवैध व्यापारको लागि खाडी राष्ट्रमा पठाउने तयारी थियो ।

केही महिलालाई यसअघि नै श्रीलङ्का पठाइएको र उनीहरु सम्पर्कविहीन रहेको पनि मालीवालले एएनआईलाई बताउनुभयो । दिल्लीका विभिन्न स्थानबाट एक हप्ताभित्र नै ७३ जना महिलालाई उद्धार गरिसकिएको पनि मालीवालले बताउनुभएको छ ।

मालीवालले गृहमन्त्री राजनाथ सिंहलाई दिल्लीका प्रहरी उच्च अधिकारीहरुसँग यस विषयमा छलफल गर्नको लागि समेत आग्रह गर्नुभएको छ । साथै दिल्ली प्रहरीलाई मानव ओसारपसारको यो कार्य रोक्नको लागि निर्देशन दिन पनि मन्त्री सिंहलाई आग्रह गर्नुभएको छ ।

गत जुलाई १६ मा पनि मुनीरका क्षेत्रबाट १६ नेपाली महिलालाई उद्धार गरिएको डिसीडब्लुले जानकारी दिएको छ । ती नेपाली महिलालाई भारत ल्याइएको र त्यसपछि राम्रो जागीर दिलाउने लोभ देखाएर कुवेत र इराकमा लैजाने तयारी रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend