साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी साउन १६ ।
गुल्मीको संचार जगतमा एउटा चर्चित नाम हो तुलसिंह रनपछाई । जसले एक दशकदेखि विभिन्न एफएम रेडियोहरुमा लोक संगितको कुरा गरिरहेको छ ।
आफैले विभिन्न लोकगीत मार्फत स्रोता तथा दर्शकहरुको सांगीतिक तृर्खा मेटाउने काम पनि गरिरहेका छ । महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा गतबर्ष “ढंग भए पो रंग हुन्छ नाच्न” भन्ने तीज गीत मार्फत थप चर्चा बटुल्न सफल भए ।
तुलसिंहले आफ्नो साँगितिक यात्रालाई निरन्तरता दिदै यसपाली पनि आशिष म्युजिक प्रालि मार्फत “जान्न नभन” बोलको तीजको कोशेली बजारमा ल्याएका छन् । जसमा गायक तथा संचारकर्मी तुलसिंह रनपछाई र शिलु भट्टराईको स्वर रहेको छ ।
चर्चिक गायक तथा शब्द संकलक शिव हमालको लय तथा शब्दले गीतलाई मार्किक बनाएको छ । गुरुआमाको निर्देशन रहेको गीतमा मोडल लोमश शर्मा र स्मृति तिमिल्सेना (गुरुआमा)कै अभिनय रहेको छ ।
गीतमा पुरानो भाका र शव्द सहितको मौलिकता भएकाले दर्शक र स्रोताका माझमा यो गीत उत्कृष्ट हुनेमा विस्वस्त रहेको निर्माणकर्ता रनपछाईले साझा नेटवर्कलाई बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend