साझा नेटवर्क
काठमाडौं,१७ साउन
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्ड्ससँग ५६ रनले पराजित भएको छ ।
नेदरल्याण्ड्सको एमस्टलभिनस्थित भीआर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्याण्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको थियो ।
लक्ष्य पछ्याउने क्रममा नेपाल ४१.५ ओभरमा १३४ रन बनाएर अलआउट हुन पुग्यो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५१ रन बनाए । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ३३, अनिल साहले २१ र पारस खड्काले १२ रन बनाए । शरद भेषवाकरले ४, सन्दीप लामिछानेले १ रन बनाएका थिए । ९ रन बनाएका शक्ति गौचन नटआउट रहे ।
त्यसैगरी पहिलो बलिङ गरेको नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट लिए भने सोमपाल कामीले ३, सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले एक एक विकेट लिए ।
पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय खेलेको नेपालले नेदरल्याण्ड्ससँग अर्को खेल १८ साउनमा खेल्ने छ ।
नेदरल्यान्ड्स सन् २०१४ पछि पहिलोपटक वान(डे खेल्दैछ। पछिल्लोपटक नेपाल र नेदरल्यान्ड्सले मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटमा खेलेका थिए। उक्त खेलमा नेदरल्यान्ड्स ४५ रनले विजयी भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend