logo
  • शनिबार, असोज १० २०८३

कलाकरिता र पत्रकारिता पानी हो भने “म” प्यास हुँ गायक महेश मुखिया


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सपना चन्द , काठमाडौँ साउन १६।
स् गायक तथा संचारकर्मी महेश मुखिया गायन संगै भिजेका रुपमा समेत चर्चा बटुल्दै छन्। सुख दुःखमा साथी बन्छ हरपल संगै रहन्छ गीत संगीत, कस्लाई छुंदैन र गीत संगीतले संसारमा जो सुकैको मन र मष्तिक् त्यस्तै गीत संगीतको दुनियाँमा हराएर गायकको परिचय बनाएर यहाँ सम्म आईपुगेका छन । गायक महेश मुखिया रामेछाप उमाकुण्ड प्रीती गाँउपालिका वार्ड न. ४ मा बुवा डिल्लीराम सुनुवार आमा डिल्लीमायाँ सुनुवारकी कोखबाट जन्मिएका मुखिया आफ्नो एस.एल.सी। सम्मको अध्यन श्री चण्डेश्वरी मा.वि मा गरिसके पछि २०६५ सालमा अध्यनको शिलशिला लगाएतका धेरै सपना बोकेर काठमाडौ छिरेका हुन् ।अध्यन संग संगै संगीतलाइ पनि अगाडी बढाएका उनको सानै उमेर देखि गीत गाउने बानी थियो । गायक  मुखियाले बजारमा ल्याएका गीत भिज्यो तिम्रो रातो पछ्यौरीू वोलको गीत चर्चामा रहेको छ उनी भन्छन यहि गीतले मलाई चिनाउन ठूलो  मद्दत  गर्यौ र स्थापित पनि बनायो उक्त गीत  रिमिक्स  गरिएको थियो ।चार दशक अगाडी बरिस्ठ लोक गायक पाण्डव सुनुवार ,शिवा बस्नेत र वांशुदेव मुनालले समुहमा गायिएको थियो र हाल महेश मुखियालाई गायिका सन्ध्या सुनुवारले साथ दिएकी छिन।यस गीतका संकलक वरिष्ठ गायक एवम संकलककर्ता सन्तोष बस्नेतले गरेका हुन । हाल उक्त गीतका निर्माता एल बि मुखिया रहेका छन। अग्रज श्रष्ठाको सम्मानमा सार्बजनिक भएको गीतको ठूलो साथ र भुमिका लोक गीत सम्राट कुमार बस्नेत,सनिश सुनुवार र समीर मुखियालाई सम्झन्छ्न भने म्यूजिक नेपाल संग सहकार्य रहेको गायकले बताएका हुन ।

उनका यस भन्दा अगाडि श्रोता दर्शकले रुचाइएका र चर्चित गीतहरु केहि दिन म टाढ हुँदै छु माथी माथी लेकमा र सिउरेनी वनमाू गीत हुन। गीत संगीत संग संगै उनी एउटा कुशल संचारकर्मी पनि हुन विभिन्न पत्र पत्रीका अन्लाईन माध्यममा पत्रकारिता गर्नुका साथै राष्ट्रिय लोकप्रिय अरनिको टेलिभिजनमा समेत रहेका मुखियाले नेपाली गीत संगीत र कला साहित्यका कार्यक्रम संचालन गर्दै आएका छन । उनी भन्छन संचार क्षेत्र र कलाकारिता मेरो जिन्दगीको अभिन्न अंगको रुपमा जोडीएको पेशा हुन। कलाकारिता र पत्रकारिता पानी हुन भने मु प्यास हुँ ।

उनि भन्छन म संगैका दौतरी साथिहरु सम्झदा कोहि कुनै क्षेत्रमा होलान र कोहि डाक्टर ,इन्जिनियर ,टिचर अनि कृषक तर म यो क्षेत्रमा पाउँदा खुशी र आनन्दको आभाष रहेको बताए । जिन्दगीमा संघर्ष त धेरै गरियो होला कहीँ मिलन कहीँ बिछोडो अनि दुख सुख र उकाली ओराली सबै मानिसमा हुन्छ स्वाभाविक लाग्छ मुखियाको अनुभवमा घरको सबै भन्दा सानो सदस्य भएकोले परिवारको साथ अग्रजकोआशीर्वाद समाकालिनको साथ भावी पुस्ताको मायाँ स्नेह र सबै मिडियाका सम्मान र आदर गर्नु पर्ने साथिहरुको साथले गर्दा नै म यो ठाँउमा पुगेको बताउछन। गीत संगीतको दौडानमा मुखियाले यस भन्दा अगाडि दुई ओटा एल्वम निकालिसकेका छन।

आशू पहिलो एल्वम थियो भने प्रमिशू दोस्रो एल्वम रहेको थियो।अगामी दिनका योजना भने राम्रा राम्रा गीत संगीत स्रोता दर्शक माझ ल्याउने र सबैको मायाँ र विश्वास जित्न कोशिस गर्ने अनि नेपाली गीत संगीत र कला साहित्यका लागि प्रचार एवम प्रवर्तन आम संचार माध्यमबाट आफ्नो साथ र सहयोग पुर्याउने बताएका छन ।


प्रकाशित मिति : १६ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend