logo
  • शनिबार, साउन ३० २०८३

हुम गैरेको तिज गित “सिरफुल” बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौ, साउन १४ ।
चर्चित गायक तथा शब्द संकलक हुम गैरेले सिरफुल नामक तिज गितको म्युजिक भिडियो सार्बजनिक गरेका छ्न । समिक्षा गैरेको प्रस्तुती रहेको गीतमा हुम गैरे र लक्ष्मी रेग्मिको स्वर रहेको छ ।गितमा गैरे स्वयमले नै लय तथा शब्द संकलन र म्युजिक भिडियोको निर्देशन पनि गरेका छन । केशवराज रसाइलीको छायांकन, कृष्ण गैरेको सम्पादन, अमर थापाको कोरीयोग्राफी रहेको उक्त गितमा लिला गिरि र देबेन्द्र भट्टराईले अभिनय गरेका छन ।

विशाल मुभिज प्रालिले दृश्य निर्माण गरेको गितलाई विशाल डिजिटल प्रालिले बजारमा ल्याएको हो । झ्याम पुतली झ्याम, मलाई केटा चाहिएको पैसा वाला हो, मलाई पाउजुले खुट्टा बिझायो, चर्चा धेरै भो जस्ता दर्जनौ तिज गीतका सर्जक गैरेले यस अघि पनि दर्जनौ सफल गितमा स्वर दिएका छ्न

सयौ गितमा लय तथा शब्द संकलन गरेका छ्न । यस बर्षको तिजमा गैरेको शब्द तथा संगीतमा आठ ओटा तिज गीत बजारमा सार्बजनिक हुदै छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend