logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका शीतल शर्माको तीजगीत “महारानी”ले चर्चा बटुल्दै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमान्डौ, साउन १४ ।
गायिका शीतल शर्माको ‘महारानी’ बोलको नयाँ तीजगीत सार्वजनिक भए लगतै चर्चा भए लगतै चर्चाको शिखर पुग्न सफल भएको छ । मौलिकता बोकेको उक्त तीज गीतमा शीतलसँगै कला लम्साल र शिव हमालको स्वर रहेको छ । मंगलबार राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतको भिडियोमा हाँस्य कलाकार हाँस्य कलाकार राजु पौडेल (राजु मास्टर) सँगै गायिका शीतल र कलाको पनि अभिनय रहको छ ।

कार्यक्रममा बोल्दै गायिका शीतलले दर्शकको लागी अर्को नयाँ कोसेली पस्किएको बताइन् । उनले गीतले मौलिकपन बोकेको बताइन् । ‘यो भन्दा अघिपनि मेरा गीत दर्शकले मन पराइदिनुभएको छ, आशा छ यो गीतपनि दर्शक तथा स्रोताको मनमा बस्नेछ  शीतलले भनिन् ।

यस्तै अर्कि गायिका कला लम्सालले मौलिकता झल्किएको गीत गाउँदा अन्य गीतमा भन्दा छुट्टै मज्जा आउने बताइन् । कला योबर्षको तीज गीतहरुको राम्रो गीतको लिष्टमा यो गीत पर्नेमा विश्वस्त छिन् ।

यस्तै गायक शिब हमालले पनि पछिल्लो समय तीज गीतको धार बिग्रीयो भन्नेहरुका लागी यो एउटा राम्रो गीत भएको बताए । उनी मौलिकता बोकेको गीत भएकै कारण स्वर दिएको बताउँछन् । भिडियोमा दुर्गा पौडेलको छायांकन तथा निर्देशन छ । भिडियो गायिका शीतलकै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend