logo
  • शनिबार, भाद्र २० २०८३

परासी सेवा समाज युएईका अध्यक्षसँग नै भारतीय पासपोर्ट

युएईमा रहेका परासी जिल्लाबासी नेपालीहरुको हक हित र एकताको लागि खोलिएको परासी सेवा समाज युएईका अध्यक्षसंग नै भारतीय पासपोर्ट रहेको खुल्न आएको छ।


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

युएई साउन १३ ।
युएईमा रहेका परासी जिल्लाबासी नेपालीहरुको हक हित र एकताको लागि खोलिएको परासी सेवा समाज युएईका अध्यक्षसंग नै भारतीय पासपोर्ट रहेको खुल्न आएको छ।

गत शुक्रबार युएईको दुबई राज्य स्थित एक हलमा आयोजित कार्यक्रमबाट अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका समाजका नवनिर्वाचित अध्यक्ष मित्रलाल पाण्डेसँग भारतीय पासपोर्ट रहेको छ।

सन् १९९४ मा पहिलो पटक युएई आउँदा भारतीय पासपोर्ट बनाइ भारतबाट नै युएई आएका पाण्डेले हालसम्म पनि उक्त पासपोर्ट प्रयोग गरिरहेको स्वीकार गरेका छन।

नेपालमा स्थाई ठेगान नवलपुर भएपनि हाल आफूसंग भारतीय पासपोर्ट रहेको हुँदा कानुनी तथा प्रसासनिक समस्या परेमा समेत भारत बाटै नै कामकारबाही हुने पाण्डेले बताएका छन।

सुरुमा नवलपरासी जिल्ला एउटै रहेको भएपनि देश संघीयतामा गए सँगै अहिले नवलपरासी जिल्लालाई परासी र नवलपुर जिल्ला गरी दुईवटा अलग अलग बनाए पछी संस्था समेत दुईवटा गठन गरिएको हो ।

बिदेशमा खोलिएका नेपाली सामाजिक सँघ संस्थामा आबद्ध हुन स्थाई ठेगाना नेपालमा रहि नेपाली पासपोर्ट प्रयोग गरि बिदेश आएको हुनुपर्ने प्रावधान रहे पनि सस्थाको बिधानमा उक्त कुरा नखुलाइएको र संस्थामा आबद्ध ब्यक्तिको कागजात चेकजाँच नगरिएकाले यस्तो भएको हुन सक्ने अधिबेशनका निर्वाचन समितिका संयोजक मर्णी भुर्तेलको भनाइ छ।

आफुले राजिखुसी संस्थाको अध्यक्ष पद दाबी गरेको नभै नेतृत्व सम्हाल्ने ब्यक्ति नपाउँदा आफू बस्नु परेको र पासपोर्ट परिवर्तन गर्न दूतावास गएको भएपनि सहज नभएको हुँदा आफुले भारतीय पासपोर्ट नै प्रयोग गरेको पाण्डेको भनाइ छ।

युएईमा रहेका नेपाली सँघ संस्थामा आबद्ध धेरै ब्यक्तिहरुसँग भारतीय पासपोर्ट रहेको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend