साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ ।
बहुप्रतिभाका धनि कलाकार निर्माता समाजसेवी तथा गीतकार पुष्कर पन्तको शब्दमा रहेको नया गित “हे गौरी” चाडैनै दर्शक श्रोता माझ आउने भएको छ । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको आवाज रहेको “हे गौरी” सम्पूर्ण नेपाली संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल हुनेमा गीतकार पुष्कर पन्त ढुक्क छन् । उक्त गितमा संगीत शंकर थापाको रहेको छ भने एरेन्ज डिजे एल एक्स पौडेलको रहेको छ ।
बिगत डेढ दशक देखि अमेरिकामा बसेर नेपाली कलाकारितालाइ माया गर्दै आएका उनि पछिल्लो समय गीतकारको रुपमा समेत चर्चित बन्दै गएका छन् । भर्सटाइल कलाकार पुष्कर पन्त अभिनय क्षेत्रमा विशेष गरि हाँस्यव्यङ्ग विधाका कलाकार हुन् ।
उनि विगत २५ बर्ष देखि नेपाली कला क्षेत्रमा संलग्न छन् । तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क, प्रहरी अनुरोध, काउकुति लगायत अन्य धेरै चर्चित नेपाली हाँस्य श्रृङ्खलाहरुमा अभिनय गरेका पन्तले नेपाली चलचित्र ‘ठूली’ निर्माण गरेका थिए ।
नेपालमा निकै चर्चा कमाएका कलाकार, निर्माता,गीतकार पुष्कर पन्तले आफ्नै शब्द रहेको २ वटा गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेर लाखौ संगीतप्रेमी नेपालीहरुको मनमा बस्न सफल भएका छन ।
नेपाली सांगीतिक बजारमा आउन लागेको ब्लाष्ट गित “हे गौरी” ले कलाकार तथा निर्माता पुष्कर पन्तलाई गीतकारको रुपमा समेत स्थापित बनाउने कुरामा यस क्षेत्रका बिज्ञहरु बताउछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend