साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन १३ ।
हिन्दु महिलाहरुको महान पर्व तिज आउँन महिना भन्दा वढी समय बाँकी रहदा कलाकारलाई भने तिज पर्वले लागी सकेको छ । कलाकारहरुलाई तिजका गित गाउँन र गितको म्युजिक भिडियो तयार गर्न व्यस्त रहनाले उनिहरुलाई तिज पर्वले लागेको हो ।
गत वर्षको तिजमा जस्तै यस वर्षको तिजमा पनि गायिका मञ्जु पौडेलले तिज पर्वलाई मध्य नजर राखेर “माईतीको आँगन” तिज गित सर्बजनिक गर्नुभएको छ । तिजको बेला बिभिन्न ठाउँमा महिला दिदि वहिनीहरु जम्मा भएर नारिका बेदनाहरुले भरिएका गाउने गितको झल्को दिलाउदै गायिका पौडेलले पनि नयाँ तिज गित बजार ल्याएकी छन् ।
तिजको बेला गाइने निकै मौलीक शब्द र कथा बस्तुमा गीत तयार भएको गायिका पौडेलले बताइन् । तीजका बेला महिलाहरु जम्मा भएर गाउँने यथार्थ कथा बस्तु र भाव सहितका चेलीका बेदनाहरु गीत उल्लेख रहेको छ ।
तिजको बेला नयाँ कपडा किन्ने कुराहरुसँगै समेटेर गित सार्बजनिक भएको पौडेलले बताइन् । तिजको बेला पराई घरमा रहेकी चेलीले आफनो माईती घरमा जान लागे र माइती घर पुगेपछी रमाएका जस्ता कथा बस्तुहरु गीतमा उल्लेख गरिएको उनले बताइन् ।
तिजको बेला गाउँघर तिर महिला दिदि बहिनीहरु जम्मा भएर नारी बेला पोख्ने खालको गितलाई झल्को दिलाउने गरि गीत सार्बजनिक गरेकी छन् । गायिका मञ्जु पौडेलको एकल स्वर रहेको गितमा दिग्गज धौरालीको शब्द रहेको छ ।
गीतमा गायिका स्वयम मञ्जु र सञ्चारकर्मी अनुशा पौडेलले अभिनय गरेका छन् । गितमा मौसम हिमालीको निर्देशन,दुर्गा पौडेलको छायाँङकन रहेको छ भने बिएम एस म्युजिक प्रालिले बजारमा ल्याएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend