साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन १२ ।
गुल्मीमा एकजना सब–इञ्जिनियर घुससहित पक्राउ परेका छन् । तम्घास सिमलटारी प्युठान सडक आयोजनामा काम गर्ने शव इञ्जिनियर प्रकाश झा नगद १ लाख घुससहित शनिबार बिहान पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, बुटवलको टोलीले उनलाई पक्रेको हो ।
सदरमुकाम तम्घासको बसपार्कमा डेरा गरी बस्दै आएका झाले निर्माण कार्यमा संग्लग्न व्यवसायीलाई ‘रनिङ्ग विल’ भुक्तानीका लागि एक लाख घुस मागी भुक्तानी दिन बोलाएका थिए । यही सूचनाका आधारमा वुटवलबाट गएको अख्तियारको टोलीले उनलाई समातेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend