साझा नेटवर्क
साझा नेटवोर्क, कतार ।
नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारको आयोजनामा हिजो मिति २७ जुलाई २०१८ को दिन दोहा स्थित हमद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
महासंघको प्रथम उपाध्यक्ष लिलम चिढी मगरको संयोजकत्वमा कतारमा स्थापित विभिन्न संघ संस्थाहरु लगायत अन्य समुदायहरुको सक्रियता वृहत सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उपस्थिति सयौको रहेपनि उपस्थित मध्ये कूल ५७ जनाले रक्तदान गरेका छन ।
महासंघ कतार अन्तर्गत भातृ संस्थाहरु मध्ये किरात राई यायोक्खा शाखा कतारले पनि सक्रिय सहभागिता जनाई संस्थामा आबद्ध विभिन्न सदस्यहरुले रक्तदान गरेका छन ।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend