साझा नेटवर्क
सानु घिमिरे, मेलबर्न ।
मेलबर्नमा तीन हप्ता अघि ७ जुलाइमा विमोचित पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका नाती सुशील चालिसेद्धारा लिखित ‘गुराँसहरु पलाँसहरु’ मुक्तक संग्रहको बिक्रीबाट उठेको रकमको ५० प्रतिशत न्याभ बाल चौतारी वेष्टलाई प्रदान गर्ने प्रतिबद्धता जाहेर गरिएकोमा पुस्तक बिक्रीबाट उठेको सबै रकममा ३०० डलर र बिमोचन कार्यक्रमको मुख्य आयोजक सेभेन एपिक इण्टरटेनमेण्टका तर्फबाट २०० डलर थप गरी ५०० डलर मेलबर्न नेपलिज कम्युनिटी वेस्टद्धारा संयोजनकारी भूमिका निर्बाह गरी आयोजित कार्यक्रमका बीच न्याभ बाल चौतारी वेष्टलाई हस्तान्तरण गरियो ।
नेपाली असोसियसन अफ भिक्टोरिया (न्याभ) को संयोजनकारी भूमिकामा बिगत् १८ महिनादेखि मेलबर्नको पस्चिमी भेगमा सन्चालित “न्याभ बाल चौतारी वेष्ट”ले नेपाली वालवलिकालाई नेपाली भाषा र नेपाली गीतमा नेपाली नाच सिकाएर नयाँँ पुस्ताका बीच नेपाली भाषा, संस्कार र संस्कृतिलाई निरन्तरता दिन प्रयास गर्ने जस्तो अत्यन्तै महत्वपूर्ण काम गर्दै आएको छ ।
कार्यक्रममा बिमोचित पुस्तकको समालोचक एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले साहित्यिक क्षेत्रमा लाग्ने ब्यक्तित्वद्धारा साहित्यिक कृतिबाट हुने आम्दानीलाई यसरी सामाजिक काममा लगाउने नयाँँ संस्कारको थालनीले मेलबर्नमा नयाँँ संस्कारको बिकास भएको र यस्ले साहित्य क्षेत्रमा लाग्ने अन्यलाई पनि यसो गर्न अभिप्रेरित र उत्प्रेरित गर्ने बताउनु भयो ।
पुस्तकका लेखक चालिसेले आफूले नेपाल र अस्ट्रेलियाका अन्य राज्यहरुमा पनि बिभिन्न सामाजिक कार्यमा सक्दो आर्थिक सहयोग गरेको फेयरिस्त पेश गर्दै पुस्तक बेचेर धनी बन्न नसकिने हाम्रो साहित्यिक माहौलका कारण सामाजिक काममा सहयोग गर्दा आत्मा सन्तुस्टी हुने भएकोले पुस्तक बिक्रिको पचास प्रतिशत योगदान गर्ने प्रतिबद्धता जाहेर गरे तापनि शत प्रतिशत नै प्रदान गर्ने निर्णय गरेको बताउनु भयो ।
नेपाली असोसियसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले बाल चौतारीहरु मार्फत भिक्टोरियाभरी यस क्षेत्रमा कसरी काम गरिरहेको भन्नेबारे प्रस्ट्याउनु भयो ।
एनआरएन भिक्टोरियाका उपसंयोजक एबं न्याभ बाल चौतारी वेष्टका निर्देशक डा उगेन्द्र रेग्मीले प्राप्त सहयोग रकमलाई वालवलिकाको नेपाली भाषा विकास र उनीहरुद्धारा प्रदर्शन गरिने नाचगानमा नेपालीपन झल्काउन शैक्षिक सामग्री र नेपाली पोशाक खरिद गर्ने काममा उपयोग गरिने बताउनु भयो ।
कार्यक्रममा अष्ट्रेलियन नेपाली बहु-साँस्कृतिक केन्द्रका महासचिब नारायण काफ्ले, लेवर टार्नेट शाखाका अध्यक्ष डा महेश भण्डारी, सेभेन एपिक इण्टरटेनमेण्टका डाइरेक्टर उज्वल घिमिरे, बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सीका बिष्णु सापकोटा, न्याभ बाल चौतारी वेष्टकी शिक्षिका तारा भट्टराई आदिले पनि मन्तब्य ब्यक्त गर्नु भएका थिए भने वालबालिकाहरुले नेपाली गीतमा नाच प्रदर्शन गरेका थिए ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend