logo
  • आइतबार, असोज ११ २०८३

भेतनाममा गुल्मीका जिसीले पाए नेपालकै उत्कृष्ट डिलरको अवार्ड


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी साउन १२ ।
गुल्मीका एक युवा व्यावसायी भेतनाममा सम्मानित भएका छन् । जिल्लाको सदरमुकाम तम्घास स्थित जय सगरमाथा अटो मोवाइल्स प्रालि बजाज स्वरुम सञ्चालन गर्दै आएका सञ्चालक नारायण जिसी भेतनाममा उत्कृष्ट राष्ट्रिय अवार्डले सम्मानित भएका हुन् ।

सदरमुकाम तम्घास स्थित बजाज स्वरुम सञ्चालन गर्दै आएका युवा व्यावसायीलाई नेपालकै उत्कृष्ट डिलरको अवार्डले सम्मानित हुने अबसर पाएका छन् । उनलाई भेतनाममा सम्पन्न बजाजको एक कार्यक्रममा हंसराज हुलाचशन्द्र एण्ड प्रालिका संञ्चालक शेखर गोल्छाले जिसीलाई नेपालै उत्कृष्ट डिलरको अवार्ड हस्तातरण गरेका थिए ।

जिल्लाको सदरमुकाम तम्घासमा छोटो समयमै निकै मेहनत लगनशिल युवा जिसी सफल व्यावसायीको रुपमा परिचित मानिन्छन् । नेपालकै उत्कृष्ट डिलरको अवार्डले सम्मानित हुँदा निकै खुसी मिलेको बताए ।

उनले यो अवार्डले आफुलाई आगामी दिनमा केहि गर्नु पर्छ सफलता मिल्छ भन्ने गर्व थपिएको बताए । यो अवार्ड प्राप्त गर्नु आफना ग्राहक तथा सम्पूर्णको सहयोग रहेकाले धन्यावाद समेत दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend