logo
  • शनिबार, असोज १० २०८३

डा.केसीसँग भएको सहमति सदनमा टेबुल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] z'qmaf/ a;]sf] a}7sdf af]Nb} ;f+;b uug yfkf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

 

काठमाडौं,साउन १-प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मागराखेपछि सरकार र डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमति सदनमा टेबुल गरिएको छ ।

बैठकको शुरुमै कांग्रेसका सांसदहरुले आसनबाट उभिएर उक्त सहमतिका बारेमा स्पष्ट पार्न सरकारसँग माग गरेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेसका सांसद डा मीनेन्द्र रिजाललाई बोल्न समय दिए ।

सांसद डा रिजालले सरकार र डा केसीबीच सहमति भई अनशन टुङ्गिनु सकारात्मक भए पनि डा केसीले लामो समय अनशन बस्नुपरेको र संसद् पनि नियमित चल्न नसक्नु दुःखद रहेको बताए ।

सरकारले जबरर्जस्ती यथास्थितिमा विधेयक अघि बढाउन नसक्ने भन्दै उनले डा केसीको माग सम्बोधन गर्न भएको सहमतिले सार्वभौम जनताको जीत भएको उल्लेख गरे ।

त्यसपछि सरकारका तर्फबाट शिक्षामन्त्री गिरिराजमणि पोखरेल डा केसीको अनशनका क्रममा वार्ता तथा माग सम्बोधन गर्ने क्रममा भएका घटनाका बारेमा सदनलाई जानकारी गराएका थिए ।

सरकार डा केसीबीच १० साउनमा नौ बुँदे सहमति भएपछि डा केसीको स्वास्थ्यलाई ध्यानमा राखी सघन उपचार कक्षमा उपचाार भइरहेको उनले बताए । सहमति भएका विषयलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाउने पनि मन्त्री पोखरेलले जानकारी दिए ।

प्रतिपक्षी दलका सांसदले सरकारसँग पुनः स्पष्ट पार्न थप प्रश्न गरेपछि मन्त्री पोखरेलले सरकार र डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमति सदनमा टेबल गर्दै थप जानकारी गराएका हुन् ।

प्रसाईँमाथि कार्वाहीको माग
कांग्रेसका गगन थापा, देवेन्द्रराज कँडेल, डा डीला संग्रौला, लक्ष्मी परियार, उमा रेग्मी, रामबहादुर विष्ट, प्रकाश रसाइली र नेपाल मजुदर किसान पार्टीका सांसद प्रेम सुवालले वार्ताका माध्यमबाट भएको सहमति सकारात्मक रहेको भन्दै बंगलादेशमा अध्ययन गरेर फर्केका र अध्ययनरत् छात्राका बारेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दिएका अभिव्यक्ति आपत्तिजनक भएकाले कानूनी कारबाहीको माग गरे ।

उनीहरुले डा केसीको मागका विषयमा भएका सहमतिका बारेमा स्पष्ट पार्नुपर्ने बताउँदै सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान कार्यान्वयन नभएको बारेमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

मन्त्री पोखरेलले जुम्लामा घटेको घटना, बंगलादेशमा अध्ययनरत् छात्राका बारेमा सार्वजनिक अभिव्यक्तिका सम्बन्धमा सरकारले मन्त्रिपरिषद्मा छलफल गरेपछि सदनलाई जानकारी गराउने बताए ।

मन्त्री पोखरेलको जवाफपछि पनि कांग्रेसका सांसद बालकृष्ण खाँडले डा केसीसँग भएको सहमतिका बारेमा स्पष्ट पार्नुपर्ने उल्लेख गर्दै सहमतिको मन्त्रिपरिषद्ले स्वामित्व लिनुपर्ने माग गरे । संसद्को अर्को बैठक साउन १३ गते बिहान ११ बजे बस्नेछ।

हिमाल खबर 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend