साझा नेटवर्क

काठमाडौं,साउन ११ – काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ बस त्रिशुली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ ।
शुक्रवार बिहान करिब पौने १२ बजे भएको सो बस दुर्घटनामा ७ जनाको मृत्यु भएको हो ।
काठमाडौंबाट पोखरातर्फ गइरहेको ना ६ ख २५०६ नम्बरको यात्रुबाहक बसलाई ना. ५ ख ७४०९ नम्बरको ट्रकले ठक्कर दिएपछि बस त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा २ महिला र ५ पुरुष गरी ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको प्रहरीले बताएको छ । सडकबाट करिब १०० मिटर तल नदि किनारमा खसेको बसका यात्रुहरुको उद्धार कार्य भइरहेको बताइएको छ ।
रातोपाटी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend