logo
  • आइतबार, असोज ११ २०८३

डा.गोविन्द केसीको १५ औं अनसन तोडियो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

१० साउन,काठमाडौं : २७ दिन देखि अनसनरत डा गोविन्द केसी र सरकारबीच नौ बुँद सहमति भएपछि डा केसीले बिहीबार राति साढे १० बजे अनसन तोडेका छन्।

सरकारले केसीले उठाउँदै आएको चिकित्सा शिक्षा सुधार सम्बन्धी अघि सारेका माग र प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ लाई कार्यान्वयन गर्ने सहमति गरेपछि केसीले अहिलेसम्मकै लामो २७ दिनको अनसन तोडेका हुन्।

केसीले टिचिङ अस्पताको शैयामा बसेर सरकारी वार्ता टोलीसँग सहमतिमा हस्ताक्षर गरे। केसीलाई नेकपाका नेता सुवास नेम्वाङ र त्रिविका पूर्वउपकुलपति केदार भक्त माथेमाले जुस खुवाएर अनसन तोडाएका हुन्।

अनसन तोडाउने क्रममा बोल्दै नेकपाका नेता नेम्वाङले सरकार सहमति प्रति प्रतिवद्ध रहने बताए। ‘तपाई जुन अभियानमा लाग्नु भएको छ सो अभियानमा प्रधानमन्त्री र सिंगो सरकार प्रतिबद्ध रहेको छ’, नेम्वाङले भने। उनले प्रतिबद्धतालाई व्यवहारमा उतारिने भन्दै केसीलाई विश्वस्त बन्न आग्रह गरे। केसीले अनसन तोडे लगत्तै हात उठ्याएर अभिभादन गरेका छन्।

डा. केसीले जुम्लाबाट अनसन सुरु गरेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई अनसनको २० औं दिनमा सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend