logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा डम्मर स्मृति व्याडमिन्टन प्रतियोगिता हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री , गुल्मी साउन १०।
गुल्मीमा खुल्ला व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुँने भएको छ । गुल्मीमा रहेको बिरभद्र जंग गुल्मका गुल्मपती सेनानी जमनत कार्कीका स्वार्गिय पिता डम्मरबहादुर कार्कीको सम्झनामा डम्मर स्मृति जिल्ला स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुँने भएको हो ।जिल्लाको सदरमुकाम तम्घास स्थित याडमिन्टन कभर्ड हल, र फिल्म हलमा यहि आउदो साउन २४ गते देखि २६ गते सम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताको आयोजकमा गुल्मपती सेनानी कार्की परिवार र नेपाल व्याडमिन्टन गुल्मीको सह आयोजना रहेको छ ।

५ बिधामा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार र दोस्रो हुनेले ५ हजार पुरस्कारको व्यावस्था राखिएको आयोजक परिवारका सेनानी जमनत कार्कीले बताए ।

खेल क्षेत्रमा निकै रुची राख्ने सेनानी कार्कीले जिल्लामा रहुन्जेल बिभिन्न खेलहरुलाई खेल्नु पर्छ भन्ने भावना जगाउनको लागि आयोजना गरेको बताए ।

पछिल्लो नेपालले खेलकुद मार्फत राम्रो प्रस्तुति राख्दै आएकार देसको नामलाई अगाडी ल्याउन सफल रहेकाले यस जिल्लामा पनि त्यस्ता प्रतिभा निकाल्नको लागि बिभिन्न समयमा खेलहरु आयोजना गर्ने कार्कीले बताए ।

खेल खेल्नु स्वास्थ्यको निम्ती र राष्ट्रको निम्ती पनि फाइदा रहेकाले मुख्य गरि खेल खेल्नु पर्छ भन्ने भावनाको बिकास गर्नु मुख्य उदेश्य रहेको कार्कीले बताए ।


प्रकाशित मिति : १० साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend