logo
  • आइतबार, असोज ११ २०८३

कानूनमन्त्री शेर बहादुर तामाङले राजीनामा दिए


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क , काठमाडौं साउन ८।
देशबाट एमबीबीएस अध्ययनरतको सिलसिलामा बंगलादेशमा रहेका छात्राहरुबारे दिएको अभिव्यक्ति  विवादमा परेपछि कानुनमन्त्री शेरबहादुर तामाङले मंगलबार राजीनामा  दिएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा उनी भावुक भएका थिए ।
नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।

यसको सर्वत्र आलोचना भएपछि उनले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आफूले विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे । यसको उनको अझ आलोचना भयो ।

सरकार र पार्टीलाई नै बदनाम गर्ने प्रयास भएको भन्दै सत्तारुढ नेकपाका शीर्ष नेताहरुले सोमबार साँझ बालुवाटार बोलाएर कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएका थिए । रासस


प्रकाशित मिति : ८ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend