logo
  • शनिबार, असोज १० २०८३

डा. केसीलाई प्रधानमन्त्री ओलीको निम्तोः‘आउनुहोस् वार्ता गरौं


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

७ साउन, काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीलाई वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो बहस गर्नुपर्छ त्यसमा सरकार तयार रहेको बताए ।सरकारले बनाएको वार्ता टोलीसँग डा केसीले वार्ता गर्न नचाहेको भन्दै उनले ठूला ठूला युद्धको निकास त वार्ता र संवादबाटै भएको भन्दै केसीलाई पनि वार्ताबाटै समस्याको समाधान निकाल्न आग्रह गरे ।

उनले भने, ‘वार्ता पनि विधि र प्रक्रियाबाट हुन्छ । तर यहाँ यस्तो हुन सकिरहेको छैन । तैपनि हामी भनिराखेका छौं । आउनुस वार्ता गरौं ।’

ओलीले डा केसीको मागलाई कांग्रेस लागायत केही पार्टीले आफ्नो स्वार्थसँग जोडेको आरोप लगाए । उनले भने, ‘कांग्रेस र अन्य केही पार्टीले डा केसीको आन्दोलनलाई उचालेर आफ्नो राजनीतिक स्वार्थ पुरा गरिरहेका छन् । जुन कुरा डा केसीले बुझ्नु भएको छैन ।’

उनले डा केसीको मागबारे बोल्दै आफूहरु केसीको माग अनुसार नै आयोग बनाउन तयार रहेको बताएका हुन ।

नेपाल समाचारपत्र,

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend