logo
  • आइतबार, असोज ११ २०८३

आहा ! झिमरुक फाँट, कसले बचाउने ?


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सलिम अन्सारी, प्युठान
समथर भुमी, वरीपरी हरीयाली । मनमोहक छ झिमरुक फाँट । सामान्यतया प्यूठान भित्रने जो कोहीको पनि पहिलो नजर यसै फाँटमा पर्छ। दाङ भालुवाङबाट पहाडै पहाडको बाटो भएर हिड्नेहरु यहाको दृश्य हेरेरै लोभिन्छन । तर हिजोआज कि त घर हुन। या घर बन्न नपाएका घडेरी । जग्गा जती पल्टिङ्ले खाएपछी फाँटहरु क्रंकिटले ढाँकिएका छन।बस्ती बाक्लिएको छ । शहरीकरण बढ्दो छ । स्थानियका अनुसार यहि फांटमा बर्से्िन २ सय बढी नयाँ घर थपिन्छन्। घरघडेरीमात्रै होइन, बर्षे्िन झिमरुक नदीले कटान गर्दा फाँटको क्षेत्रफल खुम्चदो छ। बाह्रैमास सिचाई हुने झिमरुक फाँटमा लहलह धान झुलथ्यो सात आठ बर्सै भयो घरघडेरी निर्माण र कटानको दोहोरो चपेटामा छ ।प्युठान नगरपालिका कृषि बिभागका बाली संरक्षण अधिकृत तेज बहादुर बिष्ट्रकाअनुसार झिमरुक फाँटको ३५० हेक्टर क्षेत्रफल जमिन घडेरीको रूपमा प्रयोग भइसकेको छ ।‘झिमरुकको बाढीले समेत बर्से्िन खेत कटान गर्दै आएको छ,’ उनी भन्छन्, ‘जोगिएको फाँटमा घर बनेका बन्यै छन । खाद्यान्न उत्पादन घट्दो छ ।’ उनी थप्छन वर्षेनी २०र२५ हेक्टर खेतीयोग्य जमिन घडेरीमा परिणत गरेको छ । नदी किनारका बस्तीसमेत उच्च जोखिममा छन् । खोलाको सतह नै अग्लिएको झिमरुक नदीले हजारौं रोपनी झिमरुकको उर्वर फाँट बर्से्नि मास्दै गएको छ ।खोलाले ठूलावेसीदेखि बरौलासम्मको खेत कटान गरिरहेको छ । अन्नको भण्डारण भनेर चिनिने झिमरुक उपत्यकामा पर्ने विजुवार, धर्मावती ९ खप्रेङखोला, गेजवाङ, दम्ती, मरन्ठाना, सारीवाङ, विजयनगरसहित रस्पुरकोट, विजुली, बरौला, पकला, रम्दी र धुवाङ क्षेत्रमा पर्ने खेतहरु बर्से्नि कटानको चपेटामा पर्छन् ।जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विजुवारमार्फत झिमरुक नदी नियन्त्रणका लागि वर्षेनी करोडौँ रकम खर्चिए पनि प्रभावकारी उपलव्धि नदेखिएको स्थानीय बताउँछन् । गाउँगाउँमा मोटरबाटो निर्माण गर्दा निस्किएको माटो, ढुंगा भलले बगाउँदा खोला अग्लिएको हो ।
सडक निर्माण गर्दा निस्किएका ढुंगा, माटो सिँधै खोलामा पस्दा नदीको बहाव परिवर्तन हुने चिन्ता स्थानीयको छ । वातावरण प्रभाव मूल्यांकनबिना नै सडक निर्माण गर्दै गएमा उर्वरभूमी झिमरुक फाँट ‘कंक्रिट’ बन्दै जाने देखिएको छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराको अभावमा गाउँबाट मानिस सहरी क्षेत्रमा झर्दा बस्ती बढेको हो ।बाग्दुला, दम्ती खप्रेङखोला, बिजुवार, टिकुरी, पुण्यखोला, रातमाटा, क्वाडी जाताततैबाट छोरे बाटाहरू खोलिएका छन । खेतमा बनाईएका घरघडेरीमा धमाधम नया घर बनाइँदैछ । यो क्रम रोकिएको छैन। राज्यको भूउपयोग नीति स्पष्ट नहुँदा यो हरियाली फाँट मासिन थालेको वर्षौ हुन थाल्यो ।
                                                     
कार्यान्वयनका कुरा मात्रै
झिमरुक फाँट जोगाउने कुरा धेरैपटक भए, योजना पनि बनाईए। तर, प्लटिङ रोकेर भूमिको सही उपयोग गर्ने नीति जिल्लाले बनाउन सकेको छैन ।जिबिसले प्यूठान जिल्लाको उर्वर भूमि झिमरुक फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको वर्षौं भइसकेको छ । योसँगै प्यूठान नगरपालिकाको पहिलो परिषद्ले फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको थियो । उस्ले ५ बर्षे आवधिक नगर बिकास योजना बनाएर कृषि क्षेत्रलाई पहिलो प्राथमिक्तामा राखेको पनि छ । यद्धपी यस्को कार्यान्वयन गर्न सकेको छैन।नगरपालिकाको बिजुवार टारी, खलंगा पाण्डेडाडाँ, थापाडाडाँ, विजयनगर, सापडाडाँ, रातामाटा, क्वाडी क्षेत्रमा बस्ती क्षेत्र विकास गर्ने, झिमरुक, क्वाडेकुलोभन्दा तल बस्ती बसाल्न नपाइने नीति पास गरेको छ । बनेका सडकहरूको लगत लिने सडक सार्वजनिक गरेर मात्र जमिनको कित्ताकाट गरेर घरघडेरी बिक्री गर्ने निर्णय थियो । तर, यो योजना पनि कागजमै सिमित छ । स्थानिय समाजसेवी लोक बहादुर बस्नेतले झिमरुक फाँटमा कृषिसम्बन्धी उद्यम सञ्चालन गर्न सके जिल्लाको अर्थतन्त्र बलियो बनाउन सक्ने बताउँछन् । भन्छन्, ‘जिल्लामा खाद्यान्न संकटलाई कम गर्न फाँटको विशेष योगदान छ । यसलाई जोगाउनुपर्छ ।’
सौन्दर्यता नबिग्रने गरी फाँटको बस्तीलाई ब्यबस्थित गर्नुपर्ने उनको सुझाव छ । नगरप्रमुख अर्जुनकुमार कक्षपति पनि फाँट मासिएकोमा चिन्तित देखिन्छन् । उनले चुनाब जितेको बर्ष्दिन बित्यो । तर, फाँट जोगाउने बिषयमा ठोस काम गर्न सकेका छैन्न भन्छन्, ‘फाँट जोगाउने विषयमा भुउपयोग नीति बनाउदै छौँ । नौ महिना भित्रै गुरुयोजना बनाएर सक्ने योजना छ । हाललाई प्लटिङ गर्न रोक लगाईएको छ।’ भर्खरै सम्पन्न तेस्रो नगरसभाले पनि खेतीयोग्य जमिन जोगाउनका लागि ‘नगर गुरुयोजना’ बनाएर अघि बढ्ने नीतिगत निर्णय गरेको छ । नगरले व्यवसायिक, औद्योगिक र आवास निर्माण गर्ने योजना बनाएको छ । उनी भन्छन्, ‘झिमरुक फाँट सुन्दर्तालाई ह्रास हुन दिन्नौ।’ नगरपालिकाले दीर्घकालीन भुउपयोग नीति बनाउन लागेको मेयर कक्षपतिले नेपाल समाचारपत्रलाई जानकारी दिए।

नेपाल समचारपत्र,

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend