साझा नेटवर्क
कुमार “अविरल” पन्थी।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकै गर्दा कलाकार तथा गितकारहरुलाई तिजको चटारोले भ्याई नभ्याई छ । यतिबेला प्राय: कलाकारहरुले तिज पर्वलाई मध्यनजर गर्दै गित निकाल्ने गरेका छन् ।
तिज पर्वमा गाईने गितहरु सबै जसो कलाकारले मौलिकतालाई नछोई फरक फरक किसिमका गितहरु निकाल्ने गरेका छन । यसै भिडमा चर्चित गायिका निर्मला थापा मगरले झम्के माया नामक तिजको कोशेली सार्वजनिक गरेकी छिन ।
विगत केही वर्षदेखि सांगीतिक क्षेत्रमा अनवरत रुपमा लागि रहेकी थापाले लोकपप, आधुनिक र लोक गीतहरुमा आफ्नो आवाज दिई सकेकी छिन ।
केहि दिन आगा सार्वजनिक भएको “झम्के मायाले” बोलको गीतमा निर्मला थापा मगर र दीवाकर पराजुलीको स्वर रहेको छ । गीतमा गायक दीवाकर पराजुली र पवित्रा सर्तुंगी मगरको शब्द छ भने गायिका निर्मला थापा स्वयंले लय शृजना गरेकी छिन ।
सुमन थापा मगरले निर्देशन रहेको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारी र नरेश बीर सिंहले अभिनय गरेका छन् । गीतको भिडियोलाई करन चैसिरले छायाँङ्कन तथा मनोज कार्कीले सम्पादन गरेका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend