logo
  • शनिबार, भाद्र २० २०८३

पत्रकार महासंघ कतार शाखाले पराजुलीको निधनप्रती शोकसभा सम्पन्न गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दोहा ।
शुक्रबार नेपाल पत्रकार महासंघ कतार शाखाले शाखाका निवर्तमान कोषाध्यक्ष घनश्याम पराजुलीको असामयिक निधनप्रती गहिरो शोक व्यक्त गर्दै शोक सभाको आयोजना गर्यो ।

संस्थाका सचिव राजेश्वर ढकालको सन्चालनमा सम्पन्न शोक सभामा कतारमा स्थापित विभिन्न सङ्घसस्था, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । सडक दुर्घटनामा परी सख्त घाइते भएका स्वर्गीय पराजुलीको गत आषाढ २३ गते उपचारको क्रममा निधन भएको थियो ।

उनकी सानी एउटी छोरी छिन् भने गर्वमा अर्को सन्तान हुर्कँदै गरेको अवस्था छ । स्वर्गीय पराजुलीका सन्तानको शैक्षिक भविष्यको सुनिस्चितताको लागि कतार शाखाले आफ्नो खाताबाट ५० हजार रुपैयाँबाट बढ्ने गरी स्व. पराजुलीको सन्तानका नाममा शैक्षिक कोष स्थापना गर्ने निर्णय गरेको छ।

स्वस्फुर्त रुपमा केही संघ संस्था तथा व्यक्तिहरुबाट शैक्षिक कोषको लागि आत्मीय सहयोग समेत जुटेको छ । स्व. पराजुलीका सन्तानको उज्वल भविष्यका लागि हामीसित जोडिन इच्छुक संघ संस्था, बुद्दिजिवीहरुलाई हार्दिक स्वागत गर्न चाहन्छौं।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend