साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी साउन ४ ।
निर्माण व्यावसायी संघ गुल्मीको अध्यक्षमा पुन नारायण पोखरेल निर्वाचित भएका छन् । संघको सातौ साधारसभा तथा छैठौ जिल्ला अदिवेशनबाट पोखरेल सहितको नयाँ नेतृत्व चयन भएको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा गणेश तंनामी, उपाध्यक्ष प्रितम काउछा, महासचिव हरि कुमार श्रेष्ट, उप महासचिव भरत भलामी, कोषाध्यक्षमा दुर्गाचन्द्र्र बोहोरा र सहकोषाध्यक्षमा नवराज श्रेष्ट सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन कमिटी सदस्य जर्नादन घिमिरेले साझा नेटवर्कलाई जानकारी दिए ।
त्यस्तै सदस्यहरुमा कृष्ण भण्डारी, गगन केशी, रण बहादुर राना, खिमलाल पन्थ, भाजु श्रेष्ट, ददिराम पाण्डेय, केशरी भण्डारी, भागवत गिरी, जमुना न्यौपाने र ओम बहादुर केशी निर्वाचित भएको घिमिरेले जानकारी दिए ।
सातौ साधारण सभा तथा छैठौ अधिवेशनको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका थिए । कार्यक्रमको संबोधन गर्दै मेयर भुसालले राष्ट्र निर्माणको जिम्मा बोकेका निर्माण व्यावसायीहरुलाई सरकारले नै ठेकेदार भनेर उपेक्षा गरेको बताए ।
उनले ११ महिनासम्म कराडौको काम गराएर हजार भुक्तानी नदिने राज्यले उल्टै काम नगरेको आरोप लगाउँदै प्रक्राउ गर्ने र हतोसाहित गराउने काम गरेको आरोप लगाए । उनले जिल्लाको विकास निर्माणमा निर्माण व्यावसायीले खेलेको भुमिका अत्यन्तै महत्वपुर्ण भएकाले काममा विश्वासको संकट आउन नदिन सवै निर्माण व्यावसायीलाई आग्रह गरे ।
त्यस्तै निर्माण व्यावसायी संघका ५ नं प्रदेश कमिटी सदस्य बालसिंह काउछाले राज्यदेखि स्थानीयसम्म निर्माण व्यावासायी प्रति लगाइएको भ्रम तोडनु नै संगठनको प्रमुख चुनौति भएको बताए ।
‘काम गरेको पैसा नदिने तर काम गरेन भनेर गिरफतार गर्ने राज्य नै निर्माण व्यावसायीको बिरुद्धमा छ,’ उनले भने,‘ नागरिकले पनि बास्तविकता बुझ्दैनन, काम नगर्नेहरु नै भन्छन् ।’ निर्माण व्यावसायी संघ ज्यानको बाजी थापेर बनाएको संगठन भएकाले कसैको कोर्के नजर पनि आफुलाई नपच्ने बाउछाले बताए ।
टेण्डरदेखि भुक्तनी प्रक्रियासम्म निर्माण व्यावसायीलाई सरकारी कर्मचारीले दिने दुख व्यक्त गरि साध्य नभएको समेत बताए । त्यस्तै रेसुंगा नगरपालिका ८ का वडाध्यक्ष तथा निर्वाचित उपमहासचिव भरत भलामीले आन्तरिक एकतानै संगठनले बाह्य हस्तक्षेपसंग लड्ने बलियो आधार भएको बताए ।
त्यसैले संगठन बलियो बनाउ सवैको एकता र सद्भावको खाँचो रहेको औल्याए । कार्यक्रममा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष नारायण पोखरेलले राज्यका छिनछिनमा परिवर्तन हुने व्यावस्थाकाबिच आफुहरु चल्नु नै निर्माण व्यावसायीको चुनौती रहेको बताए ।
उनले संकटमा पनि काम गरेर राज्यलाई सहयोग गरेको दृष्टान्त बताउँदै अव पनि सवैको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा कोषाध्यक्षको तर्फबाट प्रितम काउछाले निर्माण व्यावसायीसंघको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend