logo
  • आइतबार, असोज ११ २०८३

प्रजिअको अनुगमन, स्थानियद्वारा भव्य स्वागत


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ साउन ४ ।
बागलुङको पश्चिम बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलको स्थानियले भब्य स्वागत गरेका छन्। जिल्लामा आएको झण्डै डेढमहिना पछि प्र.जि.अ. खरेललाई स्थानिय जनप्रतिनिधि सहितले स्वागत गरेका हुन्।

जनता आवास कार्यक्रम अन्तरगतका नव निर्मित घरहरुको अनुगमन तथा वाढि पहिरोका कारण पुगेको क्षतिको अनगमनको लागि पुगेका खरेल सहितको टोलीलाई स्थानियले स्वागत गरेका हुन्।

अनुगमनको लागि प्रजिअ खरेल सहित, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक दिपक रेग्मी, सहरीविकास तथा भवन डिभिजन कार्यालय बागलुङका प्रमुख प्रकाश अर्याल, सडक डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर शर्मा, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख दिपक तिवारी, जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी धिरेन्द्रराज पन्त, पत्रकार प्रकाश वराल लगाएतलाई लगाएतको टोली खर्वाङ पुगेको हो।

टोलीले खर्वाङमा अन्तरक्रिया तथा दनियामा नवनिर्मित भवनहरुको निरिक्षण तथा अनुगमन गरेको छ। अनुगमन पछि खुसि हुँदै प्रमुख जिल्ला अधिकारी खरेलले जनता आवास कार्यक्रमको राम्रो सदुपयोग गरिएको भन्दै अन्यत्र समस्या भए यसै क्षेत्रमा लगानी गर्नुपर्ने समेत वताउनु भएको छ ।

अन्तरक्रिया तथा स्वागत कार्यक्रममा प्रजिअ खरेलले सुरक्षाको प्रत्र्याभुति दिन तथा प्रमुख जिल्ला अधिकारीको भूमिकामा आफूले गृह जिल्ला पनि भएकोले थप काम गर्ने तथा नागरीकको सधै सहयोग चाहिने वताउनु भएको छ। कार्यक्रममा सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख प्रकाश अर्यालले चालु वर्षको लागि १ सय ९ वटा घर निर्माण गरिने र त्यसको लागि समुदाय छनौटको काम भैरहेको जानकारी दिनुभएको थियो।

गत आर्थिक वर्षमा बडिगाड गाउँपालिका वडा नं. १ मा ३ ओटा र वडा नं. २ मा ७ ओटा आवास निर्माण गरिएको थियो। आवास निर्माणमा निकै राम्रो काम भएको भन्दै प्रजिअ खरेलले स्थानियको प्रशसां पनि गर्नुभएको थियो। कार्यक्रममा प्रजिअ खरेलले आफ्नो संस्कार भन्दै स्थानिय जनप्रतिनिधि तथा सामाजिक अगुवाहरुलाई सम्मान समेत गर्नुभएको थियो।

दनियाको वस्तिमा स्थानिय आमा समुहले गरेको विदाई कार्यक्रममा आमासमुहको वृत्ति विकासको लागि भन्दै प्रजिअ खरेलले ५ हजार तथा भवन डिभिजन प्रमुख प्रकाश अर्यालले व्याक्तिगत २ हजार सहयोग समेत गर्नुभएको थियो। कार्यक्रमको सहजिकरण पत्रकार कमल पौडेलले गर्नुभएको थियो। टोली अहिले वाढि र पहिरोले पारेको क्षतीको अनुगमन गर्न वुर्तिवाङ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend