logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका पार्वती स्त्रीको तिज कोशेली “नाचम्ला जाचम्ला”ले चर्चा बटुल्दै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार “अविरल” पन्थी, गुल्मी साउन ४।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज आउन करिब १ महिना बाकी रहदा कलाकार तथा गितकारहरुलाई तिजको चटारोले भ्याई नभ्याई बनाएको छ ।  कलाकारहरु गित रेकर्ड सगै म्युजिक भिडियो बनाउनमा व्यस्त देखिन्छन ।यतिबेला प्राय: कलाकारहरुले तिज पर्वलाई मध्यनजर गर्दै गित निकाल्ने गरेका छन् । तिज पर्वमा गाईने गितहरु सबै जसो कलाकारले मौलिकतालाई नछोई फरक फरक किसिमका गितहरु निकाल्ने गरेको पाईन्छ । यस्तै भिडमा तिज पर्वलाई नै मध्यनजर गर्दै चर्चित गायिका पार्वती स्त्रीले “नाचम्ला जाचम्ला” नामक तिजको कोशेली बजारमा लिएर आएकि छिन । गायिका स्त्रीको “नाचम्ला जाचम्ला” बोलको गीत गतहप्ता युट्युब मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

गायिका स्त्रीको यसवर्षको तीजको कोशेली “नाचम्ला जाचम्ला” बोलको गीतमा चर्चित गायक खुमन अधिकारी र पार्वती स्त्रीको स्वर रहेको छ । भने गीतको लय तथा शब्द खुमन अधिकारीको रहेको छ ।

गुल्मी जिल्लामा जन्मिएकी गायिका स्त्री नेपाली साँगितिक क्षेत्रमा चर्चा बटुल्दै छिन । विभिन्न समयमा फरक विधाका गितहरु गाएर छोटो समयमा चर्चा कमाउन सफल भएकी हुन । स्त्रीले हरेक वर्षको तीजमा फरक किसिमका तिजगीतहरु पस्किदै आएकी छिन । गतवर्षको तीजमा ‘दुर्बीन लाई लाई’ बोलको तिज गीतले दर्शक श्रोताहरुको अत्यधिक मन जितेको थियो ।

“नाचम्ला जाचम्ला” गीतमा मेरो साथि आयौ भाछ कस्तो कस्तो, नाचम्ला तिमि र म मिली मिलि नाचम्ला, होइन होला तिम्रो पनि सस्तो, जाचम्ला तिम्रो मेरो शिरको टोपी जाचम्ला, म कोइली जस्ती तिमि मैना जस्ती, नाचम्ला कोइली चरी मैना चरी नाचम्ला, तिमीले कहिले किन्यौ मैले किने अस्ति, जाचम्ला तिम्रो मेरो टिकिया जाचम्ला जस्ता शब्द रहेका छन् ।

चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा चक्र बम, आरुसी मगर, लोमस शर्मा, उषा ओझाले मोडलिङ गरेका छन् । गीतको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन भने विष्णु शर्माले सम्पादन गरेका हुन् । तीज कोशेली “नाचम्ला जाचम्ला” गीतको अडियो तथा भिडियोलाई आशिष म्युजिक प्रालिले बजारमा ल्याएको हो ।


हेरौ गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend