logo
  • शुक्रबार, असोज ९ २०८३

कल्पनाको चौथो तिज गीत ‘संगीनी’ सार्बजनिक भिडियो सहित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री , गुल्मी साउन ३ ।
गायिका कल्पना कुसुमको नयाँ तिज गीत सार्बजनिक भएको छ । तिज आउन दुइ महिना वढि रहेता पनि कलाकारहरुलाई तीज बिशेष गीतहरु सर्बजनिक गर्नेे चटारो वढेको छ ।साउन लागेसँगै बजारमा यतिबेला बिभिन्न खाले तिज गीत सार्बजनिक हुँनेक्रम बण्न थालेको छ । पछिल्लो केहि वर्ष यता लगातार तिजका गीतहरु निकालेर चर्चामा रहेकी गायिका कल्पनाले यस वर्षको तिज पर्वको लागि ‘संगीनी’ नयाँ गीत सार्बजनिक गरेको बताइन् ।

लगातार तिजका गीतहरु निकाल्दै जान थालेपछी दर्शक श्रोताले यसवर्षको तिज कोसेली पनि सुन्ने हेर्ने चाहना राखेकाले नयाँ गीत सार्बजनिक गर्ने कल्पनाले बताइन् । गायिका कल्पनाको तिजका एल्वमहरु मध्ये चौथो एल्वमको रुपमा सार्बजनिक गरेकी हुन् ।

तिजको बेला संगीनी भेट भएपछी नाच गानका कुरा भएका कथा बस्तु गीतमा समाबेश गरिएको गायिक कल्पनाले बताइन् । तिजमा लगाउने कपडा देखि संघीसाथीहरु भेट हुँदाका छेडमा गरिएका कथा बस्तु गीतमा राखिएको उनको भनाई छ ।

आधुनिक गीतबाट सांगीतिक क्षेत्रमा प्रबेश गरेकी गायिका कल्पनाले लोक बिधाका गीतहरुमा पनि रुची रहेको बताइन् । राजकुमार बगर शब्द र रोहित सुवेदीको संगीत रहेको गीतमा कृष्ण बिकले एरेन्ज गरेका छन् । गीतको अभिनयमा मिस नेपाल सन २ हजार की बिजेता उषा खड्गी को रहेको छ ।

निकेश खड्काको निर्देशन रहेको छ भने उत्तम हुमागाईले भिडियो छायाँङकन गरेका छन् । भिडियोमा कोरियोग्राफर राजिव समर,मेकअप सृष्टि थापाको रहेको छ । पुष्पाञ्जलि म्युजिक कम्पनीले बजार व्यवस्थापन गरेको गीतमको निकेश खड्काको पहिलो तीज गीत निर्देशन रहेको छ ।

उनले फाटेको जुत्ता र जिन्दगी रक्स चलचित्रका निर्देशक थुप्रै आधुनिक गीतका चर्चित निर्देशन गरेका छन् ।
                     गीतको पुरा भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=UrUZP1BKw3g


प्रकाशित मिति ३ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend