साझा नेटवर्क
तिलु शर्मा पौडेल ।
तीजलाई लक्षित गरेर वर्षेनी ३०० भन्दा बढी गित बजारमा आउने गरेका छन । एउटा पर्वमा यति धेरै गित आउनु गीतको हिसाबमा सुखद पक्ष रहेपनि लगानीको हिसाबमा दुखद पक्ष हो भन्ने जान्दा जान्दै पनि दाङ जिल्लामा जन्मिएर कतारलाई कर्मथलो बनाइ नेपालि सांगीतिक क्षेत्रमा संघर्षका पाइला अघि बढाउदै गरेका शरद पाण्डेयले तिजको कोसेली बजारमा ल्याएका छन ।
बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि महिलाहरुको महान पर्ब हरितालिका तीजलाई लक्षित गर्दै पाण्डेले तिज गित बजारमा ल्याएका हुन् ।
मालति डिजिटल प्रा.लि.को प्रस्तुती तथा बजार ब्यबस्थापनमा म्युजिक नेपालको युट्युब च्यानल मार्फत खुमन अधिकारी र इन्दिरा गैरेको मौलिक तीज गीत ‘कोरियन सारी’ नामक शीर्षक दिएर बजारमा आएको छ ।
पाण्डेको उत्कृष्ट लय शब्दमा तयार पारिएको गीतको छायांकन दुर्गा पौडेलले गरेका छन ।अञ्जली अधिकारी र सुमन परियारको अभिनय रहेको गीतलाइ काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने दिपक बिस्टले सम्पादन गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend