साझा नेटवर्क
टेक राज थापा, कतार ।
कतारमा आगामी १४ सेप्टेम्बरका दिन नेपाली महिलाहरुको महान पर्व हरितालिका मनाइने भएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद,कतारले प्रवासमा रहेका नेपाली दिदीबहिनीहरु बिचको भातृत्वको भावानालाई प्रर्वद्धन गर्न,गराउनको लागी यस्ता कार्यक्रम गरिदै आएको छ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तीज भाद्र शुक्ल तृतीया देखि पञ्चमीसम्म मनाइदै आएको विशेष पौराणिक महत्व छ। यो पर्वमा विवाहित र अविवाहित महिलाहरुले आ-आफ्नो मनोकामना पुरा होस भनि ब्रत बस्ने गर्दछन।
पार्वतिले महादेव पति पाउँ भनि ब्रत बसेको पौराणिक मान्यता अनुसार यो पर्व मनाउने गरिन्छ ।
स्मरण रहोस यस समाजले स्थापना काल देखि नै हाल परदेशमा रहेका दिदि बहिनीहलाई माइतिकै जस्तै वातावरण बनाउन एकै स्थानमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउने निणर्य गरेको संस्थाका महासचिब बुधबल गुरुङले साझा नेटवर्कलाई जानाकारी दिए।
कार्यक्रमको उल्लेख मितिमा आयोजना गरिने जानकारी गराउदै कार्यक्रमा आयोजक रुपमा कतारमा स्थापित विभिन्न संघ संस्था महिला विभागलाई उपस्थितिको लागि बिशेष आहवान गरेको छ।
कार्यक्रम १४ सेप्टेम्बर २०१८ का दिन गरिने व्यहोरा जानकारी प्राप्त भएको छ स्थान भने पछि जानकारी गराइने बताइएको छ ।
प्रकाशित मिति: १ साउन २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend