साझा नेटवर्क
दामोदर दाहाल , काठमाण्डौ साउन १ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ,राष्ट्रिय युवा परिषदको आयोजनामा काठमाडौंको रास्ट्रिय सभा गृहमा गत हप्ता भएको भेलाको ५१ सदस्यीय समन्वय समिती, सल्हाकार समिती तथा सामुहिक लगानी अध्ययन कार्यदल सहित बिभिन्न निर्णय गरेको छ।
बैदेशिक रोजगारबाट स्वदेश फर्किएकाहरुलाई राज्यको नीति, कार्यक्रम र योजनासंग जोड्न प्रस्थान विन्दुको रुपमा राज्य सामु उपस्थिति जनाउन असार २७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित राष्ट्रिय भेला भव्यताका साथ सम्पन्न भयो । भेलाले बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरु र नेपाल सरकार बीच समन्वय गर्न संगठित हुने निर्णय गर्दै त्यसको तयारीका लागि ५१ सदस्यीय समन्वय समिति गठन गरेको छ ।
साथै सदस्यहरु थप गर्नेगरी एक सल्लाहकार समिति समेत गठन गरेको छ । सामुहिक व्यवशायिक परियोजना संचालनका लागि “सामुहिक लगानी कोष” स्थापना गर्न एक “सामुहिक लगानी अध्ययन कार्यदल”को गठन गरेको छ ।
राज्यले ब्यबस्थित रुपमा अभिलेखीकरणको शुरुवात नगरुन्जेलसम्म बैदेशिक रोजगारबाट फर्किएकाहरुको शिप र दक्षता लगायत तथ्यांक संकलन गर्दै राज्यले उपलब्ध गराउने सेवा, सुबिधाका बारेमा सूचना प्रवाह गर्न अग्रसरता लिने निर्णय गरेको छ ।
सम्बन्धित सरकारी निकायसंग समन्वय गरि ७ वटै प्रदेशमा बैदेशिक रोजगारबाट फर्किएका नागरिक केन्द्रित ब्यबाशायिक तालिम एवं पुनर्स्थापना सम्बन्धि कार्यक्रम संचालन गर्न पहल गरिनेछ।हाल बैदेशिक रोजगारमा रहेका नेपालीहरु र उनीहरुसंग सम्बन्धित संघसंस्थाहरुसंग समेत समन्वय र सहकार्य गर्दै बैदेशिक रोजगारबाट फर्किएकाहरुको शिप, प्रबिधि, दक्षतालाई सामुहिक अवधारणा मार्फत रोजगारी र ब्यबशायीक कार्यमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।
राष्ट्रिय भेला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने बिभिन्न जिल्लाबाट सहभागी सम्पूर्ण प्रतिनिधिहरु, प्रमुख अतिथि माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्ट, कार्यक्रमका सभापति तथा युबा तथा खेलकूद मन्त्री जगत बहादुर सुनार बिस्वकर्मा, एनआरएन अध्यक्ष भुबन भट्ट, श्रम तथा बैदेशीक रोजगार बिभागका प्रमुख, युवा स्वोरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेम दंगाल, माननीय डा. सुर्य प्रसाद पाठक,कार्यपत्र प्रस्तोता डा. रमेश पौडेल, सम्बन्धित बिषयमा टिप्पणी गर्नुहुने डा. जीवन बानियाँ, कार्यक्रम आयोजना गरेर ओझेलमा परेका बैदेशिक रोजगारबाट फर्किएकालाई राज्यसामु चिनारी प्रदान गर्न बातावरण निर्माण गरिदिने राष्ट्रिय युवा परिषद र कार्यकारी उपाध्यक्ष माधब ढुंगेल, कार्यक्रम तयारीका लागि स्वयंसेवकका रुपमा अहोरात्र खटेर योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
गत हप्ता सम्पन भएको भेलाले बैदेशिक रोजगारीको लागि विश्वका विभिन्न देशबाट फर्केका युवाहरू ६० भन्दा धेरै जिल्ला बाट ७०० को हाराहारीमा उपस्थिति प्रतिनिधिको प्रतिनिधित्व हुने गरी सातै प्रदेश भित्रबाट ५१ सदस्यीय समन्वय समिती निर्माण गरेको छ जस अन्तर्गत तलको नामावली प्रकाशित रहेको यस भेलाका अभियानकर्ता उत्तम अधिकारीले जानकारी दिएका छन।
उत्तम अधिकारी,पुरन आचार्य,लक्ष्मी प्रसाद आचार्य,काँशीराम ढुंगाना,आइ बहादुर खत्री,जीवन अर्याल,चन्द्र कुमार महतारा,अजिता ठकुरी,नेत्र नारायण थनेत,प्रकाश न्यौपाने, रामकृष्ण घिमिरे,दामोदर दाहाल , दिनेश आचार्य ऋषि बस्याल ,कृष्ण कुमार न्यौपाने ,गुन्जमान गुरुङ , गणेश ढकाल ,सिता बश्याल , टेकनाथ अधिकारी, शोभाकान्त लामिछाने ,रामशरण बानियाँ ,गगन कार्की,गोकुल थापा ,जाहार सिंह लामा,दिपक कार्की,अनमोल बुढाथोकी,ऋचा शर्मा तिवारी ,अमृत गुरुङ ,सुवास झा, रसिला श्रेष्ठ ,सिता श्रेष्ठ , शुक्रबिर रुम्बा तामांग,अमर बहादुर बस्नेत, शालिक बस्याल,पदम बहादुर बिक,लिलाम खड्का,नितेश कुमार थामी ,बिनोद खड्का ,शनिस कुमार श्रेष्ठ,हरि खत्री,अमृत ओली ,दिनेश लुइंटेल,प्रेम बहादुर पोखरेल .काजि थापा ,चेत बहादुर थापा ,छत्र प्रसाद मिश्र ,गौरी पराजुली , मुना सिटौला,काशिनाथ पौडेल,पदम बिष्ट,रबि भट्ट रोशी,सल्लाहकार समितिमा डी यल शर्मा ,दामोदर नेपाल, नवराज खतिवडा, जेपी सापकोटा,मनोज अर्याल ,गणेश बर्मा,कृष्ण प्रसाद भुसाल ,बिकाश अधिकारी ,चन्द्र बहादुर रोकाहा,चन्द्र सिंह अदई ,राधाकृष्ण पाठक,सामुहिक लगानी अध्ययन कार्यदल राम प्रसाद महतो,राधेश्याम आचार्य,राजेन्द्र देवकोटा,भोला रायमाझी,चन्द्रकान्त आचार्य रहेका छन् ।
प्रकाशित मिति : १ साउन २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend