साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ ।
गायक धुर्ब बिस्को र गायिका मिना थापाको आवाजमा रहेको पश्चिमेली देउडा गित “डिट पडिजाउ भेट नहईजाउ भन्नि छिन्न मान्या” सार्बजनिक भएको छ ।
पछिल्लो समय एक पछि अर्को चर्चित गितहरु नेपाली सांगितक क्षेत्रमा पस्केर चर्चा कमाउदै गरेका गायक धुर्ब बिस्कोको यो फरक शैलीको पश्चिमेली देउडा गित सम्पूर्ण दर्शक श्रोताको मन जित्नमा सफल हुने कुरामा गायक बिस्को बिस्वस्त छन् ।
संजय बिस्कोको शब्द गायक धुर्ब बिस्कोको आफ्नै संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ शिब बिकले निर्देशन गरेका छ भने ज्ञानेन्द्र शर्माको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको छ ।
चर्चित मोडल तथा नायक पुष्प खड्का र नब मोडल सुक्मित घिसिङको स-सक्त अभिनय तथा नृत्य रहेको यस म्युजिक भिडियो समग्रमा उत्कृष्ट बनेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend