logo
  • शनिबार, असोज १० २०८३

प्रधानमन्त्रीले सुरु गरे मन्त्रीहरु को कार्ययोजनामाथि छलफल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

२७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा मन्त्रीहरुको कार्ययोजनाको विषयमा छलफल सुरु गरेका छन् ।

यसअघि मन्त्रीहरुसँग कार्ययोजना मागेका उनले त्यसबारे बुधबारदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सामूहिक छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा सबै मन्त्रालयले बुधबार बुझाएको कार्ययोजनामाथि छलफल सुरु गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी मन्त्रीहरुले पेश गरेको कार्ययोजनामाथि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने गरी छलफल सुरु गरिएको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आगामी श्रावण १ गतेदेखि लागू हुने सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको स्पष्ट कार्ययोजना बनाउन सबै मन्त्रीहरुलाई निर्देशन दिए । सोही निर्देशन अनुसार सबै मन्त्रालयले बुधबार नै प्रधानमन्त्री ओलीलाई आफ्नो कार्ययोजना बुझाएका छन् ।

सोही कार्ययोजनामाथि छलफल भइरहेको पनि प्रवक्ता बास्कोटाले जानकारी दिए । प्रधानमन्त्री ओलीले यस अघि नै सबै मन्त्रालयलाई कार्यान्वयन प्रक्रियासहितको विस्तृत कार्ययोजना तय गरी आफूलाई पेश गर्न सबै मन्त्रालयलाई निर्देशन दिएका थिए । छलफलमा सबै मन्त्रालयका सचिवहरु पनि सहभागी छन्

अनलाइन खबर,

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend