logo
  • शनिबार, भाद्र २० २०८३

अर्घाखाँची सेवा समाज कतारले जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

टेक राज थापा, कतार ।
“प्रवासमा अर्घाखाँची बासीहरु एक हौ, नेपाली समाजका लागि सहयोग गरौ” अर्घाखाँची सेवा समाज, कतारले जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्ने भएको छ ।अर्घाखाँची सेवा समाज, कतारको पुर्ण आर्थिक सहयोगमा श्री सिद्देश्वर आनन्द बृद्ध आश्रममा  २६ असार २०७५ का दिन कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिदै छ ।

उक्त कार्यक्रम सन्धिखर्क नगरपालिका १ अन्तर्गत शान्ती बगैचाको पन्चाङ्ग मन्दिरको सभाहलमा हस्तान्तरणको कार्यक्रम रहेको छ। कतारमा कार्यरत रहि हाल स्वदेशमै विभिन्न पेशामा काम गर्दै आउनु भएका जिल्ला बासी समाज सेवी बुद्धिजीवी एवं पुर्व कार्यसमिति तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरु तथा सुभेच्छुकहरुमा गरिमामय उपस्थितिको लागि संस्थाले अपिल गरेको छ ।

साथै समाजको यो महान अभियान सफल बनाउनका लागि विभिन्न तह र तप्काबाट सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई उपस्थितिको लागि समेत समाजले विशेष आह्वान गरेको छ ।


प्रकाशित मिति : २५ असार २०७५।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend