logo
  • शनिबार, भाद्र २० २०८३

सुशील चालिसेको मुक्तक संग्रह “गुराँसहरु, पलाँसहरु” विमोचन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सानु घिमिरे, मेलबर्न असार २४ ।
पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका नाती सुशील चालिसेको पहिलो पुस्तकको रुपमा प्रकाशित मुक्तक संग्रह “गुराँसहरु पलाँसहरु” को मेलबर्नमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत महामहिम चन्द्र योन्जन र बिशेष अतिथि लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले संयुक्त रुपमा बिमोचन गर्नु भएको छ । प्रमुख अतिथि योन्जनले जहाँँ भाबुकता हुन्छ त्यहाँ साहित्यको सृजना हुन्छ भन्दै बिमोचित पुस्तकका लेखक चालिसेलाई बधाई ज्ञापन गर्दै यो दिनले अझै सशक्त रुपमा कलम चलाउन हौशाला प्रदान गरोस भनी शुभकामना व्यक्त गर्नुभयो । भिक्टोरियाका नेपालीहरुको बीचको एकताको कारण यस्ले ठूला महत्वपूर्ण कार्यक्रम भब्यताका साथ गर्दै आएकोमा यहाँँ साहित्यकारहरुको संख्या बढिरहेको आधारमा भिक्टोरिया नेपाली साहित्यको राजधानी बन्न सक्ने संभाबनातर्फ उहाँले मन्तब्य ब्यक्त गर्ने क्रममा इंगित गर्नु भयो । बिमोचित पुस्तकको समालोचना गर्दै बिशेष अतिथि श्रेष्ठले देशमा बिद्यमान विसंगतिहरुप्रति सचेत रहँदै सामाजिक, राजनीतिक्, आर्थिक, धार्मिक सबै क्षेत्र समेट्नु भएको मुक्तक संग्रह मार्फत सरलता र जीवन भोगाइलाई झल्काउन लेखक सफल हुनु भएको बताउनु भयो ।

मन्तब्य ब्यक्त गर्ने क्रममा राष्ट्रिय र अन्तराष्ट्रिय साहित्यको बिभिन्न क्षेत्रको चर्चा गर्दै बिदेशमा बस्ने नयाँँ पुस्ताका बीच चक्रपाणी चालिसेज्यूको परिचय र महत्वलाई निरन्तरता दिने सेतुको रुपमा काम गर्ने उचाइ कायम गर्ने किसिमले नेपाली साहित्यलाई योगदान दिने सफलता बिमोचित पुस्तकका लेखकलाई मिलोस भन्ने शुभकामना ब्यक्त गर्दै पुस्तक प्रकाशन गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्नु भयो ।

कार्यक्रममा रोजी डंगोल, अभिलाषा शर्मा र आस्था पौडेलले सांस्कृतिक नृत्य प्रस्तुत गर्नु भएको थियो भने स्थानीय साहित्यकारहरु माधाव पौडेल, उत्तम पन्त, अनुपम पाठक (सायर), आशिष भेटुवाल, मनोज पौडेल, कृष्ण सापकोटा, आर्जन पौडेल, पार्वती पाहारी र ११ बर्षिय आँचल पौड्यालले आ-आफ्नो साहित्यिक रचना बाचन गर्नु भएको थियो ।

सेभेन एपिक इण्टरटेनमेण्टका डाइरेक्टर उज्वल घिमिरेको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको लागि बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सी, न्यु कन्सेप्ट फाइनान्स, फ्लाई टु नेपाल र एभेरेस्ट अनलाइन स्टोरको प्रायोजन रहेको थियो ।

सेभेन एपिक इण्टरटेनमेण्ट तथा मेलबर्न नेपलिज कम्युनिटी वेस्टद्धारा आयोजित कार्यक्रमको सभापतित्व शंकर थापाले गर्नु भएको थियो भने पत्रकार एबं साहित्यकर्मी निरु त्रिपाठीले कार्यक्र्मको उदघोषण गर्नु भएको थियो । कार्यक्रममा मेलबर्नका अधिकांश प्रमुख संस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।


प्रकाशित मिति : २४ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend