logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा ३० प्रतिशत मात्रै रोपाई, खोला सुके मुल पुरिए


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी असार २४ ।
साउन लाग्न धेरै दिन छैन् । मुल फुटेर खोला तरि नसक्नु हुनुपर्ने । ९० प्रतिशत अझै बेसी झर्ने मुडमा छैनन् । बेला ढिप्कीयो । पानीले ठग्यो । खोला किनारका लगभग सवै खेतमा रोपाई सकिनुपर्ने । जिल्लाको सवैभन्दा ठुलो इस्मा गाउँपालिकाको चौरासी फाँट । अहिलेसम्म निरस छ ।किसानलाई प्रकृतिले पनि ठग्यो बिउ बुढो भयो, खोलामा पानी छैन,‘धुर्कोट गाउँपालिका ५ का सुवास पाण्डेयले भने,‘ किसान मर्कामा परिरहेका छन् ।’ मानो रोपेर मुरी फलाउने बेला जिल्लामा ३० प्रतिशत रोपाँई भएको छैन् । गत बर्ष भन्दा यसबर्ष समयमै पानी नपरेकाले धान रोपाँई केहि ढिलो भएको हो ।लामो समय पानी नपरेका कारण खोलामा पानी नभएका कारण अझै गुल्मीमा ७० प्रतिशत रोपाई हुन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालय गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले बताए । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार किसानहरुले समयमै धानको ब्याड राखेको भएपनि असार १६ गते अगाडि बर्षा नभएकाले रोपाई ढिलाइ भएको पन्थीले बताए ।

आकाशे पानीको भरमा रोपाई गर्नेहरु धेरै पानीको प्रतिक्षामा छन् । गुल्मी जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये नौ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ । भने एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ ।

केही खेतमा चैते धानसहित मकै बाली समेत लगाइएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिएको इस्मा गाउँपालिका अम्मरपुर र मालिका गाउँपालिका अर्जेबेसी, सत्यवति र चन्द्रकोट गाउँपालिकाका ठुला फाँटका किसानहरु बिउ बुढो हुँदै गएपछि चिन्तामा परेका छन् ।

सडक निर्माणले मुल पनि सुक्यो : कुलो पनि पुर्यो

यो बर्ष नौलो कुरा भएन् । तर अहिलेका स्थानीय तहको प्रमुख काम पनि सडक निर्माण नै हो । जसका कारण धेरै ठाउँका पानीका मुल सुक्दै गएका छन् । भने भएका पनि सडकका कारण पुरिदै गएका छन् ।

केही भागहरुमा सडक निमार्ण गर्ने क्रममा कुलो पुरिएको छ भने कतै भत्किएपछि समस्या भैरहेको छ । ‘पानी लामो समय नपरेपछि त्यतिकै पनि मुल सुक्ने बेला भयो,’मुसिकोट नगरपालिका ३ का कृष्ण घिमिरेले भने,‘भएका पनि डोजरले पुरेर सके ।

जिल्लाका धेरै चैते धान हुने खेतहरु सडकका कारण अहिले बाँझो नै छन् । इस्मा गाउँपालिका २, ३ र ६, मालिका गाउँपालिकाको ६ र ८ साथै धुर्कोट गाउँपालिकाका ५ वडाका करिव पाँच सय रोपनी खेतमा सडकका कारण चैते रोपाई हुँदैन् ।

बर्खामा पनि धेरै मुस्किलले पानी ल्याएर रोपाई हुँदै आएको धुर्कोट गाउँपालिका ५ का युवराज भण्डारीले बताए । यी खेतका अधिकांश कुलोहरु तम्घास–सिमलटारी–प्युठान सडक निर्माणको क्रममा पुरिएको भण्डारीले बताए ।

अहिले गुल्मीमा खुमलटार, मार्सी, काठेचिन्ह्र, हर्मसराज, खुमल आठ, मन्सुरी, मनसरा, रामधान लगायत करिव एक दर्जन जातका धान उत्पादन हुने गर्दछ । यस वर्ष साउन महिनाभर सवै ठाउँमा रोपाई सकिने अनुमान गरिएको छ ।

समयमै पानी नपरेकाले किसानहरुले समयमै रोपाई गर्न नपाएकाले यस बर्ष धान उत्पादन घटन सक्ने समेत कृषि विकास कार्यालयले जनाएको छ ।


प्रकाशित मिति : २४ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend