logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको ईस्मामा नि:शुल्क आर्युवेदिक स्वास्थ्य शिविर

तीन सयले स्वास्थ्य परिक्षण गराए


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी, असार २४ ।
गुल्मीको इस्मा गाउँपालिका ५ को रजस्थल स्वास्थ्यचौकीमा निशुल्क आर्युवेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । इस्मा गाउँपालिकाको आयोजना तथा जिल्ला आर्युवेदिक स्वास्थ्य केन्द्रको प्राविधिकमा संचालन भएको शिविर गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले उद्घाटन गरे । शिविरमा महिला दुई सय र पुरुष एक सय गरि तीन सय जनाले स्वास्थ्य उपचार गराएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गोकर्ण थापाले जानकारी दिए । स्थानीयले युरिक एसिड, हाडजोर्नी, ग्यासटाइटिस, छाला, महिला तथा प्रजनन रोगको उपचार गरिएको थापाले बताए ।

शिविरमा डाक्टर मलिननाथ तिवारी, कविराज नरहरी अर्याल, सन्तोष कुवंर तथा बैद्य प्रदिप पैठाले बिरामीहरुको उपचार गरेका थिए । गाउँपालिकाले यसअघि इस्मा गाउँपालिकाको वडा नं ४ दोहलीमा पनि निशुल्क आर्युवेदिक स्वास्थ्य शिविर गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज पोखरेलले बताए ।

त्यस्तै गाउँपालिकाको वडा नं ५ रजस्थल र वडा नं ६ को अम्मरपुरमा महिला रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर गरिएको थियो । त्यस्तै वडा नं ३ को दर्लामचौरमा निशुल्क आँखा उपचार शिविर र वडा नं १ को हस्तिचौरमा महिला रोग सम्बन्धि शिविर सम्पन्न भएको थियो ।

गाउँपालिकाको वडा नं ४ को कोटकोटेरी र वडा नं २ को पनाहमा सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ ।

शिविरमा गाउँपालिका उपाध्यक्ष बिमला केसी, प्रमुख प्रसासकीय अधिकृत सरोज पोखरेलले, वडाध्यक्षहरु, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । औपचारिक कार्यक्रमको संचालन इस्मा गाउँपालिकाको कार्यालयका नारायण महतले गरेका थिए ।


प्रकाशित मिति : २४ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend