logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको घमिरमा फेला परेको ३ वटा सकेट बम डिस्पोज


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री
२४ असार गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा फेला परेको सकेट बम नेपाली सेनाद्धारा डिस्पोज गरेको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङ्ग भिरकुनामा फेला परेका ३ वटा सकेट बम बिरभद्रजंग गुल्मको डिस्पोजल टोलीलले आइतवार बिहान डिस्पोज गरेको गुल्मपती सेनानी जनमत कार्कीले जानकारी दिए ।

बम स्थानिय बामदेव अर्यालको खरबारीमा शनिवार खानेपानीको पाइप खन्ने क्रममा फेला पारेका थिए । सकेट बम पुरानो तत्कालिन माओवादीले लगाउने कम्ब्याडमा बेरेर राखेको अबस्थाम फेला परेको थियो ।
बम द्धन्दकामा तत्कालिन माओवादीले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

स्थानियले बम जस्तो फेला पारेसँगै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना स्थल वरिपरि हेर्नेक्रममा सोहि ठाउँको १० मिटर नजिकै ओडारमा बड गृप टुट्टिएको अबस्थामा पुरानो खालको हर्नेट नामक बन्दुक समेत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend