logo
  • शनिबार, साउन ३० २०८३

उरुग्वेलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

रुस ।
दुई पटक विश्वकप जितिसकेको उरुग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। कभानी बेन्चमा बस्नु नै उरुग्वेका लागि दुर्भाग्य साबित भयो ।पहिलो हाफमा फ्रान्सका लागि भरानेले ४० औं मिनेटमा एन्टोनि ग्रिजमेनको सहयोगमा हेडिङमार्फत अग्रता दिलाए। ६२ औं मिनेटमा तोलिसोले दिएको पासलाई ग्रिजमेनले हिर्काएको सट उरुग्वेका किपरले रोक्न सकेनन्। र फ्रान्स २ गोलसहित अग्रता लिन सफल भयो।

४४ औं मिनेटमा फ्रान्सका क्याप्टेनसमेत रहेका किपर ह्युगो लोरिसले सुन्दर बचाउ गर्दै फ्रान्सलाई जितका लागि झनै बलियो बनाए। त्यसपछि फ्रान्सले उरुग्वेलाई झनै दबावमा राख्यो।

थपिएको ४ मिनेटमा उरुग्वेले केही दबाव दिए पनि खेलमा फर्कन सकेन। फ्रान्स १२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । अब फ्रान्सले ब्राजिल र बेल्जियमको खेलबाट विजेता भई आउने टोलीसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

विश्वकपमा यो उरुग्वेमाथि फ्रान्सको पहिलो जित हो। फ्रान्सले १९९८ मा होम ग्राउन्डमा विश्वकप उचालेको थियो।


प्रकाशित मिति : २२ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend