साझा नेटवर्क
साझा नेटवर्क , काठमाडौं ।
डा. गोविन्द केसी ,गंगामाया बचाउ माग पूरा गर र माइतीघरमा लगाइएको निषेधाज्ञा फिर्ताको माग गर्दै प्रदर्शन गर्न पुगेका मानवअधिकारवादीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई आज बिहान माइतीघरबाट पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा इन्द्रप्रसाद अर्याल, चरण प्रसाईँ, महामुनिश्वर आचार्य, लोकराज अवस्थी, विश्व छवाल, जयराम दाहाल, सागर अधिकारी, मनोज अधिकारी, डा. सुरेन्द्र भण्डारी, डा. उद्धव प्याकुरेल,मोहन ज्ञवाली र लोकेन्द्र पोखरेल रहेको प्रितम सुवेदीले साझा नेटवर्कलाई जानकारी दिए ।
पक्राउ परेका सबै जनालाई अनामनगर प्रहरी वृत्तमा राखिएको छ । सरकारले आन्दोलनका लागि स्थान तोकिदिएपछि त्यसको तीव्र विरोध भइरहेको छ भने चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी ६ दिनदेखि जुम्लामा अनसनमा छन् ।
उता गंगामाया अधिकारी छोरोका हत्यारालाई कारवाहीको माग गर्दै वीर अस्पतालमै आमरण अनसनमा छन् । रासस
प्रकाशित मिती : २१ असार २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend