logo
  • आइतबार, असोज ११ २०८३

बागलुङको खर्वाङमा ३ दिने उद्घोषण तालिम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ असार २० ।
बडिगाड गाउँपालिकाकाको आर्थिक सहयोग, वडा नं. २ को आयोजना तथा रेडियो सारथीको समन्वयमा ३ दिने उद्घोषण तालिम खर्वाङमा सम्पन्न भएको छ।

वडा नं. २ भित्रका विभिन्न उपभोक्ता समिति तथा आयोजनाका ५० जनाको सहभागिता रहेको तालिम मंगलवार सकिएको हो।

तालिम समापन कार्यक्रममा वडा अध्यक्ष हिमा खरेल, त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारी, महिला तथा वालवालिका शसक्तिकरण केन्द्र बडिगाडका अध्यक्ष विना थापा, युवा मञ्च बडिगाडका अध्यक्ष ढालेन्द्र्र शेरचन, स्वास्थ्य इकाई खर्वाङका प्रमुख रमेश फुयाँल, सहभागिको तर्फवाट चुमकान्त पोखरेल र लिला रानाले वोल्नुभएको थियो।

समापन कार्यक्रम कार्यक्रम संयोजक एवं वडा सचिव सुनिता पुनको अध्यक्षता पत्रकार कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।


प्रकाशित मिति : २० असार २०७५।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend