logo
  • आइतबार, असोज ११ २०८३

पुर्व प्रवासीहरुको राष्ट्रिय भेला हुदै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

दामोदर दाहाल ।
नेपालीहरु वैदेशिक रोजगारीको लागि गल्फ, युरोप लगाएत विश्वका विभिन्न मुलुकमा १९९० देखि जाने गरिरहेका छन् । वैदेशिक रोजगारी गरेर नेपालीहरुले भित्र्याउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका त खेलेको छ नै सँगै उनीहरुले विदेशमा रहदा सिकेका सिपहरुलाई समेत नेपालमा थोरैले भएपनि प्रयोग गर्ने प्रयत्न गरेका छन ।तर उनीहरु मध्ये विभिन्न समस्याहरु जस्तै व्यावसायिक ज्ञानको कमि, दक्ष कामदार लगाएत सिमित लगानीको कारण थोरै मात्र सफल भएका छन । वैदेशिक रोजगारीमा जाने उर्जाशिल युवाहरुलाई देशमै रोजगारी सृजना गर्दै विदेश जान निरुत्साहित गर्ने भन्ने नारा हरेक पटक सरकारको भएपनि हालसम्म उर्जाशील जनशक्तिलाई विदेश जान रोक्ने ठोस निती तथा कार्यक्रम आउन सकेको छैन।

त्यसैगरि विदेशबाट फर्केका व्यक्तिहरुको संगठित संस्था समेत रहेको छैन । यहि विषयलाई मध्यनजर गर्दै विदेशवाट फर्केका व्यक्तिहरुको सक्रियतामा आगामी असार २७ गते प्रवासबाट फर्केका व्यक्तिहरुको अधिराज्य व्यापी भेला हुने भएको छ । काठमाडौंको रास्ट्रिय सभा गृहमा हुने भेलाको आयोजना भने रास्ट्रिय युवा परिषदले गर्ने भएको छ।

वैदेशिक रोजगारी टुंग्याएर स्वदेश फर्केका जो कोहि व्यक्ति उपस्थित हुन सक्ने उक्त भेलामा देश भरिबाटै सहभागिता हुने भेला आयोजना गर्न सक्रिय रहेका उत्तम अधिकारीले हिमालय अनलाइन मिडिया लाई जानकारी दिएका छन । भेलालाई व्यवस्थित बनाउन आगामी असार २० गते भित्र फारम भरेर पठाएका व्यक्तिहरुलाई मात्र प्रवेश दिईने र उनीहरुका निमित्त प्रवेश कार्डको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

भेला सफल बनाउन सामाजिक संजाललाई प्रयोग गर्दै ग्रुप निर्माण गरि अधिकांश जिल्लाका व्याक्तिहरु जोडिने क्रम जारि रहेको र दिनहुँ फारम भरेर पठाउने काम समेत तीव्र गतिमा भएको जानकारी अधिकारीले दिएका छन । वैदेशिक रोजगारबाट फर्किएका पुर्ब प्रबासी नेपालीहरुको वर्तमान अवस्था कस्तो छ?

यो वर्गलाई बेलैमा राज्यले उचित सम्बोधन गरेर नीति निर्माण गरि योजना तर्जुमा नगरे यसको दुरगामी असर कस्तो रहला तथा सरकारको प्राथमिकता बिदेशबाट फर्किएका नेपालीलाई पुनः विदेश फर्किनबाट रोक्ने हुनुपर्ने हो कि नयाँ कामदारलाई विदेश जानबाट रोक्नु हो? राज्यको सहयोग वा अनुदान वा राज्य र यो वर्गको संयुक्त लगानीमा के कस्ता परियोजना संचालन गरेर यो वर्गलाइ आत्मनिर्भर बनाउँदै रोजगारी सृजना गर्न सकिन्छ लगायतका थुप्रै विषयहरुको आवाज भेलामा उठान हुने प्रवासबाट फर्केका अगुवाहरुले जानकारी दिएका छन ।


भेलामा सहभागी हुन अनलाइन फारम भर्नुहोस् ।


प्रकाशित मिति : १९ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend