logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको एसबिआई बैंकले गर्यो आशालाई सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी असार १७ ।
गुल्मीमा आशालाई एक संस्थाले सहयोग गरेको छ । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्रलाई जिल्लाको सदरमुकाम तम्घासमा रहेको नेपाल एसबि आई बैंकले आफनो २५ औं वार्षिक एबं रजत जयन्तीको अबसरमा खाध्यन्न सामाग्री सहयोग गरेको हो । बैकले आफनो रजत जयन्ती मनाउने शिलसिलामा जिल्लामा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको संस्थालाई केहि सानो सहयोग गर्ने उदेश्यले आशा अपाङ्ग केन्द्र गरिएको बैंकमा गुल्मी शाखा प्रबन्धक जयनारायण घिमिरेले बताए ।बैंकले एक कार्यक्रम गरेर संस्थाको कार्यालयमा पुगेर दाल,चामल लगायतका खाध्यन्न सामाग्रीहरु आशा अपाङ्ग केन्द्र उपाध्यक्ष गंगा रायमाझी र संस्थाका कोषध्यक्ष ताराप्रसाद भुसाललाई हस्तातरण गरेका हुन् ।

शाखा अपाङ्ग केन्द्रले अपाङ्गगत क्षेत्रमा निकै प्रसंशनिय गरेको देखेर प्रावित भएर केहि सहयोग गर्नु पर्छ भन्ने उदेश्यले सहयोग गरेको शाखा प्रबन्धक घिमिरेले बताए ।

कार्यक्रममा गुल्मी उद्योगा बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बैंकले आफनो रजत जयन्तीकोे अबसरमा सामाजिक क्षेत्रमा गरेको सहयोग प्रशंसनिय रहेको बताए । बैंकले गरेको सहयोगले गरेको सहयोगले समाज अरु ब्यक्तिहरुलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना जगाएको अध्यक्ष पाण्डेयले बताए ।

खाध्यन्न सामाग्री बुझर्दै आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले आशा अपाङ्ग केन्द्रलाई गरेको सहयोग प्रति धन्यवाद दिएकी थिइन् । उनले समाजले आशा अपाङ्ग केन्द्रलाई गरेको सहयोगले अपाङ्गगताको क्षेत्रमा लागेको घाउमा मलम जस्तै भएको बताइन् ।

यसैगरि सवैले अपाङ्गगताको समस्या बुझ्दै जाने हो भने सहयोग गर्ने हातहरुको संख्या कमी नहुने रायमाझीले बताइन् । उनले अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र सोंचमा अझै परिवर्तन आउन नसकेको बताइन् ।

आशा अपांग केन्द्रले जिल्लामा विगत आठ वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ । आशा अपाङ्ग कैन्द्रकी उपाध्यक्ष रायमाझी आफै अपाङ्ग हुन् ।

उनले उक्त संस्थामा रहेर गैरसरकारी संस्थाहरुसँग रकम संकलन गरेर गुल्मी जिल्लामा रहेका बिभिन्न अपाङ्गगता भएका ब्यक्तिहरुलाई बिभिन्न तालिम लगायतका सिप मुलक कामहरु सिकाउने र जिविको पार्जनमा टेवा पुर्याउने काम गर्दै आएकी छन् ।


प्रकाशित मिति : १७ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend