logo
  • आइतबार, असोज ११ २०८३

बागलुङको खर्वाङमा उद्घोषण तालिम सुरु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ असार १७।
बडिगाड गाउँपालिकाको आर्थिक सहयोग, वडा नं. २ को आयोजना तथा रेडियो सारथीको समन्वयमा ३ दिने उद्घोषण तालिम खर्वाङमा सुरु भएको छ।
तालिममा बडिगाड गाउँपालिका वडा नं. २ भित्रका उपभोक्ता समितिका ५० जनाको सहभागिता रहेको छ। उपभोक्ता समितिका सदस्यहरुमा उद्घोषण सिपको विकास गर्ने उद्धेश्यले तालिम सुरुवात गरिएको हो। आज भएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष हिमा खरेल, सुचना तथा संचार प्रविधि अधिकारी निशान अधिकारी, भिमलाल गिरि लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो। तालिमको पत्रकार कमल पौडेलले सहजिकरण गर्नुभएको थियो ।


प्रकाशित मिति : १७ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend