logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा फेला परेका २ वटा बेवारिसे शव मध्ये एकको पहिचान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी असार १७।
गुल्मीमा फेला परेका २ वटा शब मध्ये एउटा शवको पहिचान भएको छ । जिल्लाकोे मुसिकोट नगरपालिका वडा नम्बर ८ स्थित वामी रुक्से बाटो नजिकै शुक्रवार फेला परेको शवको पहिचान भएको छ ।

मृत अबस्थामा फेला परेको शब ताराखोला गाउँपालिका वडा नम्बर ४ बाग्लुङ्ग घर भएकी ४६ बर्षिय चन्द्री दर्जि रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिए । मानसिक असन्तुलन गुमेकीले महिला असार ७ गते घरबाट हराएको आफन्तले प्रहरीलाई बताएका थिए ।

शबलाई मृतकका श्रीमान तिलक बहादुर दर्जिलाई जिम्मा लगाइएको यादवले जानकारी दिए । कपडा, कपाल, हातखुट्टा र हातमा लगाएको बालाको आधारमा लाश सनाखत भएको प्रहरीको भनाई छ ।

त्यस्तै असार १४ गते बिहिवार जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पूर्तिघाट स्थित कालिगण्डकी नदि किनारमा एक जना युवतीको शब पहिचान हुन सकेको छैन् । कालिगाण्डकी खोला किनारमा फेला परेको शबको केहि भाग कालो, डढे जस्तो र नग्न अबस्थामा रहेको थियो ।

शब पहिचानको लागि सिमानाका जिल्लाहरुमा पनि खबर गरेपनि अझै पहिचान हुँन नसकेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टम पछी तम्घास अस्पताल गुल्मीमा राखिएको छ ।


प्रकाशित मिति : १७ असार २०७५।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend