साझा नेटवर्क
रोल्पा लुङग्री गाउँपालिका वडा नम्बर ६ तल्लो गुम्चालका युवाहरू रोजगारको सिलसिलामा विभिन्न देशमा पुगेर आफ्नो गाउँ समाजको बारेमा धेरै सोच्ने गर्दछन अनि आफ्नो गाउँ समाज अरुको तुलनामा धेरै बिकासहोस भन्ने भावना बोक्दछन ।
जुन गाउँ बिगत अवस्था देखि अलि फरक रूपमा देखिएपछि धेरै चिन्ता महसुस गर्दै भबिस्यमा हुनसक्ने समस्या पर्ती ध्यानाकर्षण गर्दै वडाध्यक्षलाई पत्र पठाएका छन जसमा यस्तो लेखिएकोछ।
सम्मानिय वडा अध्यक्ष ज्यु
वडा कार्यालय लुङ्ग्री गाउँपालिका ६ गुम्चाल रोल्पा
विषय : पहिरो रोकथाम तथा नियन्त्रण गर्ने बारे
महोदय गुम्चालका जननिर्वाचित जनप्रतिनिधिहरुलाइ ढिलै भएपनि हार्दिक बधाई तथा सफल कार्यकालताको शुभकामना व्यक्त गर्दछौ। हामिहरु प्रबास मा रहेपनि हाम्रो मन भने सधै हाम्रो गाउँ ठाउँ मै हुन्छ ।
गाउँमा भएको बिकास को विवाद बारे गाउँ वासि लाइ खासै चासो नदेखाए पनि हामि प्रबासी सधै चिन्तित रहन्छौ । र मिति २०७५जेठ २२ गते प्रकाशन भएको गुम्चालका स्थानीयले विकास चाहिँदैन भनेपछि करोडौँ बजेट फिर्ता गुम्चालको विकास गतिविधि ठप्प भएको भन्ने समाचार पढदा निकै दु:ख लाग्यो निकै लज्जाबोध भयो ।
उक्त ठाउँमा गएर निष्पक्ष छानविन गरि विकास नचाहने विकास विरोधी को हुन ABCD जो सुकै होस पत्ता लगाइ उक्त समुह तथा व्यक्ति लाइ कडा कारवाही होस। ताकि विकास को विरोध कसैले पनि गर्ने आट नगरोस । ताकि अर्का पटक यस्तो समाचार प्रकाशित नहोस। गाउँमा राम्रो सम्बन्ध होस् गाउँ विकास तिर उन्मुख होस् भन्ने हाम्रो चाहना हो । र गाउँ विकास को लागि एकजुट भइदिए हुन्थ्यो भन्ने विषयमा छलफल गर्ने गर्छौ ।
आज केहि साथीहरुसंग अग्रज व्यक्ति हरु संग छलफल गरि तल्लो गुम्चाल को पहिरो बाट प्रभावित क्षेत्रलाइ रोकथाम तथा नियन्त्रण गर्ने बारे वडा अध्यक्ष लाइ ध्यान आकर्षण गराउने निर्णय गरियो । जसमध्य तल्लो गुम्चाल स्थित थारुमारे, सिमपाटा स्थित पात्ल साथै तुसारा पानि को पहिरो लाइ रोकथाम गरियोस् ।
उक्त पहिरोको स्थिती निकै भयावह छ!अब कै दिन मा त्यस्को संरक्षण नगरे भोलि को दिनमा गाउँ बग्ने ठुलो सम्भावना छ! लगातारको पहिरोको कारण तल्लो गुम्चाल गाउँ उच्च जोखीममा रहेको उक्त सम्पूर्ण कुरा अध्यक्ष ज्यु लगाएत गाउँ बासिलाइ सर्वविविदै छ।
पहिला सानोरुपमा पहिरो जादा रोकथाम को प्रयास नगर्नाले उक्त्त क्षेत्रमा असर पुग्न गएको हो । शुरु शुरुमा कम पहिरो गए पनि हाल बर्षउ देखिको लगातारको पानीले धेरै ठुला पहिराहरु गएका छन् ।हाल आएर पहिरोको कारण गाउँ सम्म जोखिम बढेकाले यस क्षेत्रका हामि बासीन्दाहरु चिन्तीत हुन पुगेका छौ।
पहिरोले क्षती पुगेको क्षेत्रको अवलोकन गरि वडा अध्यक्षले रोकथाम को लागि बजेट विनियोजन गरिदिन हुन अनुरोध गर्दछौ। आवश्यक परे हामि हरुपनि सहयोग गर्न तत्पर छौ। समग्रमा हरेक क्षेत्रबाट सहयोग र साथ भए गाउँ लाइ पहिरो बाट बचाउन सकिन्छ यसको रोकथामको निम्ति तत्काल वडा अध्यक्षको ध्यान जावोस ।
उक्त्त क्षेत्रमा भएको क्षती र भविस्यमा हुन सक्ने क्षतीको बारेमा भइरहेको पहिरो समस्यालाई समाधान गर्न सम्वन्धीत निकाएले वेलैमा ध्यान नदिएमा ठूलो धनजनको क्षती हुन सक्छ। तेसैले वडा अध्यक्ष ज्युले चासो लिएर उक्त पहिरोको समस्यालाई समाधान गर्नु हुने छ भन्ने आशा र विस्बास गर्दछौ । धन्यवाद !
नोट- तल्लो गुम्चाल को पहिरो बाट प्रभावित भएको क्षेत्रलाइ अवलोकन गरि रोकथाम तथा नियन्त्रण को लागि तत्कालै कदम चाल्नु होला र उक्त ठाउँमा वृक्षरोपण गर्न समेत अनुरोध गर्दछौ ।
खानेपानी, विधुत, मोटरबाटो,शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विषेश प्राथमिकता दिनु हुनेछ भन्ने आसा गरेका छौं । र गुम्चालको बजेट विनियोजन गर्दा साविकको वडा लाइ बराबर हुने गरि बजेट विनियोजन गर्न र बजेट फिर्ता नगर्न जोडदार माग गर्दछौं ।
१) हिर बहादुर बिष्ट- मलेसिया
२) भुवन रोका – कतार
३) हरिमन बिष्ट -कतार
४) अोम बहादुर विष्ट – कतार
५) रिम बहादुर बिष्ट – कतार
६) बिरेश बिष्ट- कतार
७) गनेश विष्ट- मलेसिया
८) राम बहादुर बिष्ट -मलेसिया
९)अोम रसायलि – कतार
१०) हुकुम रोका – कतार
११) रमेश रोका – मलेसिया
१२) धन बहादुर रोका – मलेसिया
१३) साङले विष्ट – मलेसिया
१४) धनलाल परियार – मलेसिया
१५) सुरेन्द्र रोका – युएई
१६) लोकेन्द्र रोका – मलेसिया
संयोजक
खिम बहादुर बिष्ट
कतार
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend