साझा नेटवर्क
कमल पौडेल, बागलुङ असार १५ ।
विश्व धान दिवसको अवसरमा त्रिभुवन मावि खर्वाङले धान रोपाई कार्यक्रम सम्पन्न गरेको छ। कृषि वालि विज्ञान तर्फका विद्यार्थीहरुको सहभागितामा झण्डै ४ रोपनी क्षेत्रमा धान रोपाई गरिएको हो।
सो कार्यक्रममा चार थरी धानको विउ रोपिएको कृषि प्रशिक्षक कमल न्यौपानेले जानकारी दिनुभएको छ। प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कृषिको महत्व र धान दिवसको वारेमा सचेतना अभिवृद्धि गर्न रोपाई कार्यक्रम नै संचालन गरिएको अर्का कृषि प्रशिक्षक प्रशान्त खरेलले वताउनु भयो।
धान रोपाई संगै दहि चिउरा खाएर असार १५ मनाइएको छ। विद्यार्थीहरुवाट दहि संकलन गरिएको र दहि चिउरा खाने व्यावस्था गरिएको सहायक कृषि प्रशिक्षक अनुपम थापाले जानकारी दिनुभयो। विद्यालयकै कार्यक्रमवाट धान रोपाई गर्न पुगेका विद्यार्थीहरु निकै खुसि देखिएका थिए।
विहान १० वजे देखि साँझ ५ वजे सम्म विद्यार्थीहरुले रोपाई कार्य गरेका थिए। वालिविज्ञान तर्फ कक्षा ९ र १० का ८० जना विद्यार्थी सो कार्यक्रममा संलग्न भएको विद्यालयले जनाएको छ।
नमुना विद्यालयमा छनौट भएको त्रिभुवन मावि खर्वाङमा गत वर्षदेखि कृषि वालिविज्ञान विषयमा पढाई हुँदै आएको छ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend