logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको वामीमा महिलाको शव फेला


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी असार १५।
गुल्मीमा एक जना महिलाको बेवारिसे शब फेला परेको छ । शुक्रवार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ स्थित वामी रुक्से बाटो नजिकै अन्दाजी ५५ वर्षिय महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिए ।

मृत अबस्थामा फेला परेको शब कहाँको र कस्को भन्ने बारे केहि नखुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरामकुमार द्धिबेदीले जानकारी दिए । शबलाई पोष्टमाटमको लागि जिल्ला सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए । त्यस्तै बिहिवार जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पूर्तिघाट स्थित कालिगण्डकी नदि किनारमा एक जना युवतीको शब फेला परेको थियो ।

कालिगाण्डकी खोला किनारमा फेला परेको शबको केहि भाग कालो,डढे जस्तो र नग्न अबस्थामा रहेको थियो । गुल्मीसँगै पर्वत र बाग्लुङ्ग सिमाना पर्ने भएकाले शब खोलाले बगाए ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

शब पहिचाहनको लागि सिमानाका जिल्लाहरुमा पनि खबर गरेको पनि अझै पहिचाहन हुँन नसकेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : १५ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend